close

भ्याट सङ्कलन बढाउन विद्युतीय बिल प्रयोगमा ल्याउन सरकारलाई महालेखाको सुझाव

टेकपाना टेकपाना

असार २९, २०७९ १९:१४

भ्याट सङ्कलन बढाउन विद्युतीय बिल प्रयोगमा ल्याउन सरकारलाई महालेखाको सुझाव

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन वृद्धि गर्न विद्युतीय बीजक प्रणाली, क्याश रजिस्टर, फिस्कल प्रिन्टर, अनलाइन कनेक्टिभिटी, बजार अनुगमन जस्ता विधि प्रयोगमा ल्याउन सुझाव दिएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनले सरकारलाई यस्तो सुझाव दिएको हो ।

आन्तरिक राजस्व विभागले आन्तरिक र पैठारीमा सङ्कलन गरेको मूल्य अभिवृद्धि कर २०७३/७४ र २०७७/७८ को पाँच वर्षको अन्तरालको अवस्था तुलना गरेको छ । जसअनुसार कूल आन्तरिक राजश्वमा मूल्य अभिवृद्धि कर असुली २०७३/७४ मा २३.६७ प्रतिशत रहेकोमा २०७७/७८ मा २७.६३ प्रतिशत रहेको छ ।

त्यसैगरी मूल्य अभिवृद्धि करमा आन्तरिक पैठारी अनुपात २०७३/७४ मा ३७.६३ र २०७७/७८ मा ४१.५९ रहेको छ । आन्तरिक तर्फको अनुपात २०७३/७४ को तुलनामा बढेको र पैठारीको अनुपातमा घटेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले भ्याट सङ्कलन बढाउन सरकारलाई यस्तो सुझाव दिएको हव । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३