close

हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिकालाई सफलता

टेकपाना टेकपाना

असार ३०, २०७९ १७:१६

हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिकालाई सफलता

काठमाडौं । अमेरिकाले दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षणमा सफलता हात पारेको छ । पछिल्लो समय हतियारको हिसाबले रुस र चीन अमेरिका भन्दा अघि रहेको आँकलन हुँदै आएको छ ।

यसैबीच अमेरिकाले हाइपरसोनिक मिसाइलमा पाएको यो सफलतालाई महत्वका साथ हेरिएको छ । हाइपरसोनिक मिसाइल हतियारको हिसाबले निकै शक्तिशाली मानिन्छ ।

यसले माथिल्लो वायुमण्डलको बाटो भएर ध्वनि भन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्नेसक्ने बताइन्छ । यसअघि गत मार्चमा रुसले युक्रेनमाथि यही मिसाइल प्रहार गरेको चर्चा चलेको थियो ।

जब की त्यति बेला अमेरिकाको हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भइरहेको थियो । तर, अब भने हाइपरसोनिक मिसाइलको परीक्षणमा आफू सफल भएको दाबी अमेरिकाले गरेको छ ।

यो परीक्षणमा अमेरिकाको क्यालिफोर्नियामा निर्मित एयर लञ्च र्‍यापिड रेस्पोन्स वेपन (एआरआरडब्लू) समावेश गरिएको थियो ।कुनै पनि मिसाइलबाट निसानामा तय गर्नु अघि प्लेनको पंखा मुनि एआरआरडब्लू राखिएको हुन्छ ।

जसले मिसाइललाई गति प्रदान गर्ने काम गर्दछ । यसअघिको परीक्षणमा एआरआरडब्लुले काम नगर्दा परीक्षण असफल भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३