ट्रेन्डिङ:
लगातार खस्किँदै टेलिकमको प्रति ग्राहक आम्दानी, एफटीटीएच विस्तार पनि सुस्त नेपालमा डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली ह्याकर यस्तो थियो विश्वकै पहिलो सेल्फी क्यामेरा र सेल्फी क्यामेरा भएको फोन कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ? पुरानो फोटोलाई नयाँ बनाउनु पर्‍यो ? यसो गर्नुहोस् विण्डोज कम्प्युटरमा पासवर्ड बिना लगईन गर्ने तरिका र्‍यानसमवेयर फैलाउन इरानी ह्याकरले यसरी चोर्छन् पासवर्ड  रेफ्रिजेरेटर खरिद गर्दा ख्याल राख्नुपर्ने कुरा आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

लगातार खस्किँदै टेलिकमको प्रति ग्राहक आम्दानी, एफटीटीएच विस्तार पनि सुस्त

टेकपाना टेकपाना

असार ३०, २०७९

लगातार खस्किँदै टेलिकमको प्रति ग्राहक आम्दानी, एफटीटीएच विस्तार पनि सुस्त

काठमाडौं । नेपाल टेलिकमको प्रति ग्राहक निरन्तर रुपमा घट्दै गएको छ । बुधबार सार्वजनिक महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा कम्पनीले प्रति प्रयोगकर्ताबाट औसत आम्दानी गर्ने दर घटेको उल्लेख गरेको छ ।

कम्पनीले पीएसटीएन अर्थात् ल्यान्डलाइनतर्फ २०७७/०७८ मा प्रतिव्यक्ति २ हजार ७७२ रुपैयाँ आम्दानी गरेको थियो । जबकी २०७६/०७७ मा उक्त आम्दानी ३ हजार २६८ रुपैयाँ रहेको थियो । यस हिसाबले पीएसटीएनमा मात्रै टेलिकमले एक वर्षको अवधिमा १५.१६ प्रतिशतले प्रतिव्यक्ति आम्दानी गुमाएको छ ।

त्यस्तै अर्को महत्त्वपूर्ण सेवाको रूपमा रहेको जीएसएमतर्फ पनि ४.१५ प्रतिशतले प्रतिव्यक्ति आम्दानी घटेको प्रतिवेदनमा उल्लेख छ । जीएसएममा प्रतिव्यक्ति वार्षिक आम्दानी १३ सय ४० रुपैयाँबाट घटेर १२ सय ८४ मा सीमित भएको छ । 

यी दुई प्रमुख सेवामा प्रतिव्यक्ति आम्दानी घटेको भएपनि कम्पनीले सीडीएमए, फाइबर इन्टरनेट र लिज लाइनतर्फ भने प्रति ग्राहक आम्दानी बृद्धि गरेको छ । प्रतिवेदन अनुसार सीडीएमए तर्फ १३८.१८ प्रतिशतले वृद्धि हुँदा फाइबर इन्टरनेट र लिज लाइन तर्फ क्रमशः ६६.२९ र २८.४२ प्रतिशतले प्रति ग्राहक आम्दानी बढेको छ ।

कम्पनीको फोरजी/एलटीई र फाइबर सेवा विस्तारमा भएको ढिलाइका कारण ग्राहकको मागअनुसार इन्टरनेट सहितको सेवा प्रदान गर्न नसक्दा मुख्यतः जीएसएम,  पीएसटीएन र एडीएसएल सेवाको आम्दानीमा प्रति ग्राहक आम्दानी घट्दै गएको महालेखाले औंल्याएको छ ।

यसरी देशव्यापी रूपमा फोरजी/एलटीई सेवाको विस्तार गर्दै लगेको अवस्थामा समेत कम्पनीले जीएसएम सेवाको आम्दानी तथा ग्राहक सङ्ख्यामा अपेक्षाकृत वृद्धि गर्न नसकेकाले टेलिकम सेवाबाट प्राप्त हुने औसत प्रति ग्राहक आम्दानी घट्दै गएको हो ।

यस्तोमा कम्पनीले नयाँ प्रविधिको प्रयोग र समयमै व्यवसायिक योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने सुझाव महालेखाले दिएको छ ।