close

महिन्द्राको पहिलो विद्युतीय एसयूभी कारमा एलजीका ब्याट्री

टेकपाना टेकपाना

असार ३१, २०७९ ११:४८

महिन्द्राको पहिलो विद्युतीय एसयूभी कारमा एलजीका ब्याट्री

 
काठमाडौं । दक्षिण कोरियाली ब्याट्री निर्माता कम्पनी एलजी इनर्जी सोलुसनले महिन्द्रा एण्ड महिन्द्राको पहिलो विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल(एसयुभी) का लागि ब्याट्री उपलब्ध गराउने भएको छ । भारतीय सवारी निर्माता कम्पनी महिन्द्राले आगामी दिनमा विद्युतीय गाडी एक्सयूभी ४०० एसयूभी  (XUV400 SUV) बजारमा ल्याउने तयारी गरेको छ ।

प्राप्त जानकारी अनुसार एलजीले यही वर्षको अन्तसम्म महिन्द्रालाई ब्याट्री उपलब्ध गराउने/नगराउने विषय निर्धारण गर्नेछ । यसका लागि एलजी र महिन्द्रा बिच सन् २०१८ मा एउटा सम्झौता भएको थियो । त्यति बेला एलजी इनर्जी सोलुसन आफ्नो मुख्य कम्पनीबाट छुट्टिएको थिएन ।

हाल एलजी इनर्जी सोलुसन छुट्टै कम्पनी भएपनि पुरानो सम्झौता अनुसार नै  एलजीले निकेल, कोबाल्ट र म्याग्नेजिज रसायनमा आधारित लिथियम-आयोन ब्याट्री महिन्द्रालाई उपलब्ध गराउने अनुमान गरको हो ।

तर, हालसम्म पनि दुबै कम्पनीको व्यवसायीक योजना सार्वजनिक भने भएको छैन् । त्यो हुँदा ब्याट्रीको संख्या लगायतका थप जानकारी भने उपलब्ध भएको छैन् ।

महिन्द्राले पछिल्लो सातामात्रै ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्टबाट ९.१ अर्ब डलर (करिब ११ खर्ब ६१ अर्ब रुपैयाँ) को मूल्यांकनमा विद्युतीय सवारी (ईभी) का लागि २५० मिलियन डलर (करिब ३२ अर्ब रुपैयाँ) रकम संकलन गरेको थियो ।

सवारी निर्माता कम्पनी महिन्द्राले सेप्टेम्बरमा सुरु गरेर एक्सयूभी ४०० (XUV400) सँगै आगामी केही वर्षहरूमा पाँचवटा विद्युतीय एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ । यि मोडेलहरूले सन् २०२७ मार्च सम्ममा कम्पनीको कुल एसयूभीको ३० प्रतिशत वा करिब दुई लाख युनिट बिक्री हुने अनुमान कम्पनीको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३