close

अब ३८ हजार माथिका मोबाइल ल्याउन नपाइने

टेकपाना टेकपाना

साउन १, २०७९ १०:५६

अब ३८ हजार माथिका मोबाइल ल्याउन नपाइने

काठमाडौं । सरकारले ३०० अमेरिकी डलर अर्थात ३८ हजार २५३ रुपैयाँ भन्दा माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशाख १३ गते अत्यावश्यक नभएका १० वस्तु असार मसान्तसम्म आयात गर्न नदिने निर्णय गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो व्यवस्थामा थप परिमार्जन गर्दै मोबाइल आयातमा थप कडाइ गरेको छ । गत बैशाख १३ गते सरकारले ६०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयात गर्न रोक लगाएको थियो ।

त्यसमा कडाइ गर्दै यस पटक ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका फोन आयातमा रोक लगाएको छ । साउन १ गते भन्दा अगाडि ३०० डलर देखि ६०० अमेरिकी डलर सम्म मोबाइल फोन आयात गर्न भन्दै प्रतीतपत्र (एलसी) खोलेका बस्तुमा भने आयात प्रतिबन्ध लाग्ने छैन । तर, आजबाट भदौ १४ गतेसम्म भने ३०० डलर भन्दा माथिका मोबाइलको लागि एलसी खोल्न पाइने छैन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३