close

तयार भयो ब्लुटुथ एलई अडियो, अब मोबाइलमा एकैपटक धेरै वायरलेस डिभाइस कनेक्ट गर्न सकिने

टेकपाना टेकपाना

साउन १, २०७९ ११:१३

तयार भयो ब्लुटुथ एलई अडियो, अब मोबाइलमा एकैपटक धेरै वायरलेस डिभाइस कनेक्ट गर्न सकिने

काठमाडौं । पछिल्लाे समय मानिसहरू वायरलेस हेडफोनमा अभ्यस्त छन् । प्रविधिको विकाससँगै उपभोक्ताको माग पनि बढ्दै गइरहेको छ । उपभोक्ताको अनुभवलाई थप सुधार गर्न ‘ब्लुटुथ एलई अडियो’ प्रविधि तयार भएको छ ।

ब्लुटुथ एलई अडियो एउटा फिचरमात्र नभएर केही फरक र नयाँ अनुभवहरूको समग्र प्याकेज हो, जसले प्रयोगकर्ताको ब्लुटुथ कनेक्सनलाई थप बलियो बनाउने विश्वास गरिएकाे छ ।

ब्लुटुथ एलई अडियोमा अपग्रेड गरिएको पावर क्षमता, राम्रो अडियो गुणस्तर र एक अडियो स्रोतमा धेरै डिभाइसहरू कनेक्ट गर्ने क्षमताजस्ता फिचर समावेश छन् ।

ब्लुटुथ एसआईजीले हाम्रो डिभाइसको ब्लुटुथ कनेक्सनमा यो फिचर २०२० मा नै उपलब्ध गराउने बताइए पनि विभिन्न कारणले यो रोकिएको थियो । यद्यपि अब भने यो पूर्ण रुपमा तयार भएको कम्पनीले जनाएको छ ।

ब्लुटुथ एलई अडियो नयाँ डिभाइसहरूमा उपलब्ध गराउनका लागि तयार भइसकेको पनि बताइएको छ ।

यसको मुख्य फिचर भन्नु नै यसले प्रयोगकर्ताको अडियो अनुभवलाई थप सुधार गर्छ । साथै ब्लुटुथ एलई अडियोको साथमा प्रयोगकर्ताले एउटै ब्लुटुथ विभिन्न डिभाइसमा प्रयोग गर्न सक्नेछन् ।

अर्थात् प्रयोगकर्ताले आफ्नो मोबाइलमा ब्लुटुथ मार्फत इयरबड, स्मार्टवाच, हेडफोन लगायत अन्य वायरलेस डिभाइसहरू एकैपटक कनेक्ट गर्न सक्नेछन् ।

हालै सार्वजनिक भएको एन्ड्रोइड १३ बेटामा ब्लुटुथ एलई अडियो पनि उपलब्ध गराइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३