close

सीजी नेटको ‘सुपर भ्यालु प्लान’, अब ६८० रुपैयाँमै ७५ एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

साउन १, २०७९ १४:१७

सीजी नेटको ‘सुपर भ्यालु प्लान’, अब ६८० रुपैयाँमै ७५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजी नेटले नयाँ प्याकेज सहितको ‘सुपर भ्यालु प्लान’ सार्वजनिक गरेको छ ।

यसअन्तर्गत कम्पनीले थप तीन ओटा परिष्कृत प्याक ल्याएकाे छ, जसमा ३०० एमबीपीएसको रकस्टार प्याकेज, १५० एमबीपीएसको पपुलर प्याकेज र ७५ एमबीपीएसको स्प्रिन्टर प्याकेज ल्याएकाे छ ।

कम्पनीले मासिक, त्रैमासिक र वार्षिक प्याकमा यी याेजना सार्वजनिक गरेकाे हाे ।

वार्षिक प्याकेज अन्तर्गतको ३०० एमबीपीएस गतिको इन्टरनेट १४ हजार ९२८ उपलब्ध हुनेछ । यसको अर्थ ३०० एमबीपीएस गतिको इन्टरनेट एकै पटक एक वर्षका लागि गरेको खरिद खण्डमा मासिक १२ सय ४४ रुपैयाँमात्रै पर्न आउँछ ।

यही प्याकेज एक महिनाका लागिमात्रै जडान गरे १३ सय ९९ रुपैयाँ र तीन महिनाका लागि मात्रै जडान गरे चार हजार ६२ रुपैयाँ पर्नेछ ।

त्यस्तै १५० एमबीपीएस गतिको इन्टरनेट एकैपटक एक वर्षका लागि जडान गर्दा ११ हजार १०० रुपैयाँ पर्नेछ, जुन मासिक रुपमा हेर्दा ९२५ रुपैयाँमात्र पर्नेछ ।

यदि तपाईंले १५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज एक महिनाका लागि मात्रै जडान गर्नुभएको खण्डमा एक हजार ५० रुपैयाँ र तीन महिनाको लागि जडान गर्नुभएको खण्डमा मासिक एक हजार १५ रुपैयाँका दरले तीन हजार ४५ रुपैयाँ पर्नेछ ।

कम्पनीले ल्याएको सबैभन्दा सस्तो ७५ एमबीपीएस गतिको स्प्रिन्टर प्याकेज मासिक ६८० रुपैयाँमै उपलब्ध हुने जनाइएको छ ।

यो प्याकेज तीन महिनाका लागि जडान गर्दा २१ सय ६० रुपैयाँ र एक वर्षका लागि जडान गर्दा ८ हजार १६० रुपैयाँ पर्ने जनाइएको छ ।

यी प्याकेज अन्तर्गत जडान शुल्क र तार निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै यदि कसैले यी प्याक एकैपटक एक वर्षका लागि जडान गरेको खण्डमा डुअल ब्याण्ड राउटर निःशुल्क पाउनेछन् ।

जब कि तीन महिनाका लागि जडान गर्दा एक हजार र एक महिनाका लागि जडान गर्दा १५ सय रुपैयाँ थप लाग्ने छ ।

यी सबै प्याकेजको जडानमा डिपोजिटको रुपमा कम्पनीले थप पाँच सय रुपैयाँ भने लिनेछ । जुन, कुनै दिन तपाईंले इन्टरनेट नचलाउने निर्णय गर्नुभएको खण्डमा फिर्ता हुनेछ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटका नाममा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ ।

सीजीनेटको सेवा अहिले उपत्यका बाहिरका थप सात जिल्लामा समेत उपलब्ध छ । कम्पनीले आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्ने योजना ल्याएको छ ।

अफरबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३