close

स्टार्टअपका लागि इन्टरनेटबाटै आर्थिक सहयोग तथा ऋण सङ्कलन गर्न सक्ने व्यवस्था आउँदै

टेकपाना टेकपाना

साउन ६, २०७९

स्टार्टअपका लागि इन्टरनेटबाटै आर्थिक सहयोग तथा ऋण सङ्कलन गर्न सक्ने व्यवस्था आउँदै

काठमाडौं । स्टार्टअप व्यवसायमा कर्जा कर्जा पहुँच बढाउन ‘क्राउड फन्डिङ’ र ‘पियर टु पियर लेन्डिङ’को व्यवस्था गरिने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसका लागि अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेका हुन् ।

“चालु आर्थिक वर्षमा स्टार्टअपमा कर्जा पहुँच बढाउन वैकल्पिक वित्तका स्वरूपहरू ‘पियर टु पियर लेन्डिङ’ ‘क्राउड फन्डिङ’को लागि अध्ययन गरिनेछ,” उनले भने ।

व्यक्ति तथा व्यवसायका लागि अनलाइन सेवाको माध्यमबाट उपयुक्त सम्पर्क कायम गरी ऋण तथा सापटी लेनदेन गर्ने अभ्यासलाई नै  पियर टु पियर लेन्डिङ भन्ने गरिन्छ ।

त्यस्तै कुनै परियोजना वा कम्पनीका लागि ठूलो सङ्ख्यामा रहेका जनताबाट विशेषतः इन्टरनेटमार्फत सहयोग रकम सङ्कलन गर्ने परिपाटीलाई क्राउड फन्डिङ हो ।

सहयोग रकम तथा ऋण सङ्कलनका लागि पछिल्लो समय यस्ता उपायहरू लोकप्रिय बन्दै गइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९