close

‘स्मार्ट चेली’लाई ६४ लाखको पुरस्कार

टेकपाना टेकपाना

साउन ६, २०७९ १८:३६

‘स्मार्ट चेली’लाई ६४ लाखको पुरस्कार

काठमाडौं । शिक्षा क्षेत्रमा काम गर्दै आएको नेपाली संस्था स्मार्ट चेलीले एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपाधि जितेको छ । बेलायतस्थित वन योङ वर्ल्डले आयोजना गरेको ‘लिड २०३० च्यालेन्ज’मा स्मार्ट चेलीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल फोर क्वालिटी एजुकेसन’ विधामा पहिलो स्थान हासिल गरेको हो ।

योसँगै स्मार्ट चेलीले ५० हजार डलर (करिब ६४ लाख रूपैयाँ) पुरस्कार पाउने भएको छ । त्यस्तै यो संस्थाले समाजमा पारेका प्रभावलाई बढवा दिन वन योङ वर्ल्डबाट एक वर्षसम्म मेन्टरशिप प्राप्त गर्नेछ ।

टेकपानासँग कुरा गर्दै स्मार्ट चेलीकी सह-संस्थापक प्रतिक्षा पाण्डेले विजेता बनेको खबर पाउँदा निकै उत्साहित भएको र थप जिम्मेवारी आएको बताइन् ।

‘वन योङ वर्ल्डले पुरस्कारका लागि आवेदन खुलाएपछि हामीले आफूले गरेका काम र त्यसले पारेको प्रभावबारे रिपोर्ट बनाएर पठाएका थियौं । सोही रिपोर्ट र मूल्याङ्कन गर्दै आयोजकले स्मार्ट चेलीलाई दोस्रो चरणका लागि छानेको थियो । त्यसपछि विभिन्न प्रतिस्पर्धीबीच गहिराइमा गई योजना र कामका बारेमा सोधिएको थियो । त्यसपछि वन योङ वर्ल्डले स्मार्ट चेलीलाई असार २४ गते विजेता घोषणा गरेको थियो,’ उनले भनिन् ।

स्मार्ट चेलीले विशेषगरी ८ देखि १८ वर्षसम्मका बालिकाको पढाइलाई कोडिङ, क्रिटिकल थिङ्किङ र इलेक्ट्रोनिक्समा जोड्ने गर्छ ।

संस्थाले यस उमेर समूहका बालिकालाई विभिन्न वर्कशप र मेन्टरशिप कार्यक्रममार्फत विज्ञान तथा प्रविधिसम्बन्धी शिक्षा दिइरहेकाे पाण्डेले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३