close

समाचारका लागि टिकटक चलाउने युवा पुस्ता बढ्दै

टेकपाना टेकपाना

साउन ७, २०७९ ९:२४

समाचारका लागि टिकटक चलाउने युवा पुस्ता बढ्दै

काठमाडौं । टिकटक एपको लोकप्रियता बढेसँगै यसलाई समाचार स्रोतको रुपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । हालै बेलायतमा गरिएको एक सर्वेक्षण अनुसार त्यहाँका युवा उमेर समूहका प्रयोगकर्ता नयाँ सूचना एवं समाचारका लागि टिकटकमा भरपर्न थालेका छन् ।

बेलायती नियामक अफकमले प्रकाशित गरेको प्रतिवेदनअनुसार सात प्रतिशत युवाले समाचार स्रोतका रुपमा टिकटक प्रयोग गर्ने गर्छन् । यसअघि सन् २०२० मा एक प्रतिशत युवा प्रयोगकर्ताले मात्रै समाचारका लागि टिकटक चलाउँथे ।

एप प्रयोगकर्ता बढेसँगै यसलाई प्रयोग गर्ने तरिका पनि परिवर्तन भइरहेको छ । तर अधिकांशले मनोरञ्जनका लागि नै टिकटक चलाउँछन् ।

पछिल्लो समय सञ्चारमाध्यमदेखि विभिन्न सेवा प्रदायकहरु टिकटक प्लेटफर्ममा जोडिएर सूचना सम्प्रेषण गर्न थालेका छन् । बेलायतको कूल जनसंख्यामध्ये २७ प्रतिशत टिकटकले चलाउँछन् । यसमध्ये युवा उमेर समूहका प्रयोगकर्ता बढी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३