close

भुक्तानी सेवा प्रदायकका लागि साइबर सुरक्षा मार्गदर्शन जारी गर्दै राष्ट्र बैंक

टेकपाना टेकपाना

साउन ७, २०७९ १४:२६

भुक्तानी सेवा प्रदायकका लागि साइबर सुरक्षा मार्गदर्शन जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी क्षेत्रमा काम गर्ने संस्थाहरूका लागि साइबर सुरक्षा मार्गदर्शन जारी गर्ने भएको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइबर सुरक्षासम्बन्धी मार्गदर्शन जारी गरिने जानकारी दिएका हुन् ।

देशमा बढ्दो डेटा सुरक्षाको चिन्ताका बीच राष्ट्र बैंकले साइबर सुरक्षाको मार्गदर्शन ल्याउन लागेकाे हाे । यसका साथै राष्ट्र बैंकले सूचना प्रविधिसम्बन्धी मार्गदर्शन पनि जारी गर्ने गभर्नर अधिकारीले बताएका छन् ।

‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरुका लागि साइबर तथा सूचना प्रविधिसम्बन्धी सुरक्षा मार्गदर्शन जारी गरिनेछ’, उनले भनेका छन् ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले व्यवस्था मिलाउने अधिकारीले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३