close

भारतीय स्टार्टअप कम्पनीमा लगानी गर्दै मेटा

टेकपाना टेकपाना

साउन ८, २०७९ ८:३

भारतीय स्टार्टअप कम्पनीमा लगानी गर्दै मेटा

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले भारतको स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने निर्णय गरेको छ ।

फेसबुकको सबैभन्दा ठूलो बजारको रुपमा लिएको भारतमा कम्पनीले यसअघि दुई ठूला स्टार्टअप कम्पनीमा लगानी गरिसकेको छ । अब भने कम्पनीले तेस्रो स्टार्टअपमा लगानी गर्न तयारी गरिरहेको छ ।

कम्पनीले सन् २०१९ मा मिशो नामक स्टार्टअप र २०२० मा अनलाइन लर्निङ प्लेटफर्म युनाकेडेमीमा लगानी गरेको थियो ।

अब तेस्रो लगानीको लागि ‘बेटर ओपिनियन्स’ स्टार्टअपमा लगानी गर्न कम्पनीमा आन्तरिक छलफल चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि कम्पनीले भने यस विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।

बेटर ओपिनियन्सले २ करोड ५० लाख डलर भन्दा कम मूल्यांकनमा ३० लाख डलर सम्मको लगानी उठाउने प्रयास गरिरहेको छ । यसमा मेटाले पनि भाग लिने बताइएको छ ।

मेटा लगायत गुगल र अमेजनले पनि हालैका वर्षहरूमा भारतमा धेरै लगानी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३