close

एआईमा मानिसको जस्तै भावना हुन्छ भनेकै आधारमा गुगलका इन्जिनियर बर्खास्त

टेकपाना टेकपाना

साउन ८, २०७९ १२:१६

एआईमा मानिसको जस्तै भावना हुन्छ भनेकै आधारमा  गुगलका इन्जिनियर बर्खास्त

काठमाडौं । आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा पनि मानिसको जस्तै भावना हुन्छ भन्ने थेउरी सार्वजनिक गर्ने इन्जिनियलाई गुगलले कम्पनीबाट निकालेको छ ।

गत महिना गुगलका इन्जिनियर ब्लेक लेमोनले एआईमा भावना हुन्छ भन्दै गुगलको भाषागत प्रविधिमा पनि भावना छ भन्ने सैद्धान्तिक तर्क प्रस्तुत गरेका थिए ।

यो कुरालाई गुगललगायत अन्य धेरै एआई विज्ञहरूले नै नकारेपछि कम्पनीले शक्रबार ब्लेकलाई जागिरबाट निकालिएको कुरा स्वीकार गरेको छ । यस विषयमा भने ब्लेकले कुनै धारणा व्यक्त गरेका छैनन् ।

गुगलले सार्वजनिक गरेको विज्ञप्तिमा भने कम्पनीको ‘दि ल्याङ्गवेज मोडेल फर डायलग एप्लिकेशन’ (लामडा) माथि ब्लेकको दाबी निराधार छ भनेर पुष्टि गर्नका लागि कम्पनीले लामो समय काम गरेको उल्लेख गरिएको छ ।

लामडा गुगलले च्याटबटहरू निर्माण गर्न विकास गरेको एआई प्रविधि हो । ब्लेकले यो प्रविधिले मानिसले जस्तै भावना देखाएको विषयमा गत महिना बताएका थिए ।

उनले यो प्रविधिमा मानिसको जस्तै स्वविवेक प्रयोग गर्नसक्ने क्षमता छ भनेर दाबी गरेका थिए । यो कुरालाई विज्ञले भने गलत पुष्टि गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३