close

विदेशी लगानीमा नेपालमा कल सेन्टरको ठगी धन्दा, डेढ सय युवा युवती पक्राउ

टेकपाना टेकपाना

साउन ८, २०७९ १६:५३

विदेशी लगानीमा नेपालमा कल सेन्टरको ठगी धन्दा, डेढ सय युवा युवती पक्राउ

बुटवल । कल सेन्टरको नाममा ठगी धन्दा चलाएको भन्दै प्रहरीले करिब डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

बुटवलको जानकीनगरमा ब्लु स्काई नामकाे कल सेन्टर खोलेर मानिसहरूलाई फोन तथा एसएमएसमार्फत विभिन्न लक्की ड्रमा उपहार परेको भन्दै जितेको रकम प्राप्त गर्न पहिले पैसा पठाउन भन्ने, अश्लील मेसेजहरू पठाउने र फिरौती रकम माग्ने गतिविधि भइरहेको जानकारी पाएपछि प्रहरीले आइतबार छापा मारेको थियो ।

छापा मार्ने क्रममा प्रहरीले भारतीयसहित कल सेन्टर सञ्चालकसहित करिब डेढ सय युवा युवतीलाई नियन्त्रणमा लिएकाे हो ।

प्रहरीका अनुसार विदेशी लगानीमा जानकीनगरमा तीनवटा फ्ल्याट भाडामा लिई सञ्चालन भएकाे साे कल सेन्टरमार्फत यस्तो गतिविधि भइरहेको थियाे ।

यस विषयमा थप अनुसन्धान जारी रहेकाे इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३