close

५० लाख ट्वीटर प्रयोगकर्ताको डेटा बिक्रीका लागि डार्क वेबमा

टेकपाना टेकपाना

साउन ९, २०७९ १७:४८

५० लाख ट्वीटर प्रयोगकर्ताको डेटा बिक्रीका लागि डार्क वेबमा

काठमाडौं । ट्वीटर प्रयोगकर्ताको जानकारी सहितको डेटा डार्क वेबमा बिक्रीका लागि राखिएको छ । ‘डेभिल’ नामक व्यक्तिले ५० लाखभन्दा बढी प्रयोगकर्ताको डेटा ३० हजार डलरमा बिक्रीमा राखेका हुन् ।

यो डेटा यही वर्षको सुरुमा भएको ह्याकिङ घटनाबाट संकलन गरिएको दाबी गरिएको छ । लिक भएको डेटामा प्रयोगकर्ताको ईमेल एड्रेस, फोन नम्बर रहेको जनाइएको छ । तर, यो डेटामा पासवर्ड भने छैन ।

त्यो हुँदा सुरक्षाको चुनौती केही कम हुने आँकलन गरिएको छ । ह्याकरले यो डेटामार्फत प्रयोगकर्ताको अकाउन्टमै पहुँच बनाउन नसके पनि बिक्रीमा राखिएको डेटालाई विभिन्न प्रयोजनका लागि दुरूप्रयोग गर्न सक्छन् ।

यसअन्तर्गत फिशिङ, आईडेन्टीटी थेप्ट, अथवा कतिपय अवस्थामा अकाउन्टमै पहुँच बनाउनसक्ने अवस्था रहन सक्छ ।

डेभिलका अनुसार यो डेटमा चर्चित व्यक्तिका साथै ठूला कम्पनीको समेत जानकारी समावेश छ । यसरी डेटा डार्क वेबमा बिक्रीमा राखिएसँग ट्वीटरले यो विषयमा अध्ययन सुरु गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३