close

फाइभजी फ्रिक्वेन्सीका लागि भारतमा आज अक्सन हुँदै, यस्ता छन् सहभागी कम्पनी

टेकपाना टेकपाना

साउन १०, २०७९ १४:३

फाइभजी फ्रिक्वेन्सीका लागि भारतमा आज अक्सन हुँदै, यस्ता छन् सहभागी कम्पनी

काठमाडौं । सन् २०२३ देखि व्यावसायिक सुरुवात गर्ने योजनाका साथ भारतले फाइभजी फ्रिक्वेन्सीका लागि मंगलबार अक्सन (बोलकबोल) गर्दै छ । अक्सनमा चार कम्पनी सहभागी हुने भएका छन् ।

यसअन्तर्गत भारतका तीन ठूला मोबाइल सेवा प्रदायक रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आईडियाका साथै अर्ब डलरपति गौतम अदानीको कम्पनी ‘अदानी डेटा नेटवर्क’ अक्सनमा भाग लिँदै छ ।

दूरसञ्चार क्षेत्रमा कुनै लगानी नगरेको अदानी फाइभजी अक्सनमा सहभागी हुनुले धेरैलाई आश्चर्यचकित बनाएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सन हुनेछ ।

त्यसका लागि चार कम्पनीले २.७ अर्ब डलर अर्थात् तीन खर्ब ४४ अर्ब ८२ करोड भारतीय रूपैयाँ धरौटी रकम जम्मा गरेको हुनुपर्ने जनाइएको छ ।

धेरै धरौटी दाखिला गर्नेमा रिलायन्स जिओ अघि छ । जिओले मात्रै धरौटीका लागि १४० अर्ब भारतीय रुपैयाँ दाखिला गरेको छ ।

त्यस्तै भारती एयरटेलले ५५ अर्ब, भोडाफोन आईडियाले २२ अर्ब र अदानी डेटा नेटवर्कले एक अर्ब भारतीय रुपैयाँ धरौटी दाखिला गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३