close

एटीएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

टेकपाना टेकपाना

साउन १०, २०७९ १५:५२

एटीएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छन् ।

आइतबार राति एटीएम मसिन फुटाउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३