close

एसिड छ्याप्ने धम्की दिँदै प्र्याङ्क गर्ने भाइरल युट्युबर पक्राउ

टेकपाना टेकपाना

साउन १०, २०७९ १८:४२

एसिड छ्याप्ने धम्की दिँदै प्र्याङ्क गर्ने भाइरल युट्युबर पक्राउ

काठमाडौं । प्र्याकंको नाममा समाजमा नकारात्मक सन्देश फैलाउने एक युवक पक्राउ परेका छन् ।

प्रहरीले नवरपरासी बर्दाघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका ३ गिरूबारी बस्ने २६ वर्षीय’ प्रदिप’ भनिने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो ।

भुसालले ‘बदमास केटा’ नामको युट्युब च्यानल सञ्चालन गरी विभिन्न व्यक्तिहरुलाई दुःख दिने नियतले प्र्यांक गर्दै आएका थिए ।

उनको पछिल्लो प्र्यांक भिडिओलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले गलत आलोचना गरेका छन् ।

सो भिडिओमा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस्, नदिएमा एसिड हान्दिन्छु’ भन्दै तर्साएको देख्न सकिन्छ ।

एसिडजस्तो घातक पदार्थ प्रहार गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडिओ बनाई अपलोड गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा उनलाई सोमबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३