close

मोबाइल डेटा सस्तो दिनेमा नेपाल विश्वकै १०औं स्थानमा !

टेकपाना टेकपाना

साउन ११, २०७९ १२:१८

मोबाइल डेटा सस्तो दिनेमा नेपाल विश्वकै १०औं स्थानमा !

काठमाडौं । माेबाइल इन्टरनेटमा नेपाल विश्वकै १०औं सस्तो देशमा परेकाे एक अध्ययनले देखाएकाे छ ।

इन्टरनेट प्याकेजहरु दाँजेर हेर्न सकिने प्लेटफर्मका रुपमा १० वर्षअघि सुरु भएको केबल डट काे डट यूके ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालको मोबाइल इन्टरनेट विश्वकै १०औं सस्तो मध्येमा परेको छ ।

नेपालका माेबाइल सेवा प्रदायकले उपलब्ध गराउँदै आएका ३६ ओटा मोबाइल डेटा प्लानलाई लिएर अध्ययन गर्दा नेपाल १०औं सस्ताे देशमा परेको हो ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.२७ डलर अर्थात् ३४ रुपैयाँको हारहारीमा पर्नेछ ।

यही वर्षको मे महिनामा गरिएको साे अध्ययनले सबैभन्दा सस्तो प्याकेज ०.०७ डलर रहेको देखाएकाे छ । त्यस्तै सबैभन्दा महंगो प्याकेज १ जीबीको १.९५ डलर रहेको छ ।

केबलका अनुसार विश्वमै सबैभन्दा सस्तो मोबाइल डेटा इजरायलमा छ । इजरायलका प्रयोगकर्ताले १ जीबीको डेटा सरदर ०.०४ अमेरिकी डलरमा प्रयोग गर्न सक्छन् ।

त्यस्तै दोस्रो स्थानमा इटाली रहेको छ । इटालीमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.१२ डलरमात्रै रहेको छ ।

त्यस्तै छिमेकी राष्ट्र भारत यो सूचीको पाँचौं स्थानमा छ । सस्तो मोबाइल डेटा शुल्क हुने देशको उत्कृष्ट १० मा पर्न सफल एसियाली मुलकमा भारत र नेपालमात्रै छन् ।

प्रतिवेदन अनुसार भारतमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.१७ डलर छ ।

त्यस्तै अर्को छिमेकी राष्ट्र चीन यो सूचीको २२औं स्थानमा रहेको छ । चीनमा १ जीबी मोबाइल डेटाको औसत मूल्य ०.४१ डलर रहको छ ।

त्यस्तै मासिक प्याकेजका आधारमा भने नेपालको मोबाइल डेटा शुल्क केही महंगो रहेको पाइएको छ । अध्ययन प्रतिवेदन अनुसार मासिक प्याकेका आधारमा नेपाल विश्वको १७औं सस्तो मुलुकमा परेको छ ।

कुल ३० ओटा मासिक प्याकेज लिएर भएको अध्ययन अनुसार नेपालको मासिक प्याकेज शुल्क औसतमा ११.७० डलर रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३