close

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

टेकपाना टेकपाना

साउन ११, २०७९ १६:१७

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेकाे छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको छ ।

हामीले यहाँ एसईईको नतिजा हेर्ने विभिन्न माध्यमका बारेमा जानकारी दिएका छौं ।

मेसेज गरेर नतिजा हेर्ने तरिका

एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न उल्लेखित प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
  • त्यसपछि न्यु मेसेजको अप्सन ट्याप गर्नुहोस् ।
  • त्यसपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी १६०० (उदाहरणका लागि- SEE 12345678 टाइप गरी 1600)  मा पठाउनुहोस् ।
  • त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिन्छ ।  

त्यस्तै स्प्याराे एसएमएसबाट नतिजा हेर्नका लागि माथिकै जस्ताे (उदाहरणका लागि- SEE 12345678) प्रक्रिया अपनाई ३५००१ मा एसएमएस पठाउनुहाेस् ।

त्यसैगरी इजी सर्भिस प्रालिमार्फत एसएमएसमा नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३४९४९ मा एसएमएम पठाउनुहाेस् ।

त्यस्तै आकाश टेक प्रालिमार्फत एसएमएसमा एसईई नतिजा हेर्न माथिको प्रक्रिया अपनाई ३१००३ मा एसएमएस पठाउन सकिनेछ ।

एसएमएस र आईभीआर सेवामार्फत जीपीएमात्र थाहा पाउन सकिन्छ । यदि सम्पूर्ण विषयको ग्रेड थाहा पाउनु छ भने अनलाइनबाट हेर्नुपर्ने हुन्छ ।

वेबसाइटबाट नतिजा हेर्ने तरिका

अनलाइनबाट नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यलयले नौ ओटा साइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।

त्यसपछि तल उल्लेखित साइटबाट हेर्न सक्नुहुन्छ ।

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-खल्तीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-नीमा एडुकेसन फाउण्डेसन प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-द कनेक्ट प्लस प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-ईडीयू सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-नेपाल टेलिकमबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-रिडर्स पोइन्ट प्रालिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३