close

पब्जी, फ्रिफायरजस्ता प्रतियोगिता आयोजना गर्न काठमाडौं महानगरको १ करोड बजेट

टेकपाना टेकपाना

साउन ११, २०७९ २०:५६

पब्जी, फ्रिफायरजस्ता प्रतियोगिता आयोजना गर्न काठमाडौं महानगरको १ करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पब्जी, फ्रिफायर लगायतका अनलाइन खेल प्रतियोगिता आयोजनाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा घोषित नीति अनुरूप बजेट विनियोजन गरिएको हो ।

महानगरको कार्यपालिकाले सर्वसम्मत रूपमा पारित गरेको बजेटमा सामाजिक विकास विभाग अन्तर्गत युवा तथा खेलकुद उपक्षेत्रमा यो बजेट विनियोजन भएको छ । जसका लागि आन्तरिक स्रोतबाट बजेट व्यवस्था गरिएको हो । बजेटको ८४८ क्रम सङ्ख्यामा अन्तर्गत २२५२२ खर्च सङ्केतमा ईस्पोर्टस प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको उल्लेख छ । 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले भविष्यका लागि सकारात्मक आधार बन्ने केही नयाँ शीर्षकमा बजेट थपिएको उल्लेख गरेका छन् । बजेट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, “यस्ता धेरै कुराहरू छन्, जसमा आलोचना वा प्रशंसा दुवै आउन सक्छन् । ती सबै कुराहरूको स्वागत गर्दछौँ ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३