यी २८ एपमा भेटियो ‘वालेट ड्रेनिङ’ मालवेयर, कतै तपाईंको फोनमा त छैन ?

काठमाडौं । सुरक्षा अनुसन्धानकर्ताले एन्ड्रोइड लक्षित अर्को मालवेयर फेला पारेका छन् । गुगल प्ले स्टोरमा उपलब्ध दर्जनौं एपहरूमा ‘वालेट ड्रेनिङ’ नामक मालवेयर देखिएको छ । जसले प्रयोगकर्तालाई नयाँ वेब पेजमा पुर्याएर त्यहाँबाट महत्वपूर्ण डेटा संकलन गर्ने जनाइएको छ ।
त्यस्ता मालवेयर युक्त एपहरूमा वालपेपर, कीबोर्ड, फोटा एडिटर, भिडियो एडिटर, क्यास क्लिनर र सिस्टम मेन्टिनेन्स सँग सम्बन्धित छन् । यो सूचीमा कुल २८ ओटा एप समावेश रहेको डक्टर. वेब एन्टिभाइरसको समुहले बताएका छन् ।
अनुसन्धानकर्ताका अनुसार सबै मिलाएर १ करोड भन्दा बढी डाउनलोड भएका यी एपहरूले सामान्यतया अन्य एपहरूले जस्तै गरी प्रयोगकर्ताको डेटा संकलन गर्ने हुन् । जब यी एप मोबाइलमा इन्स्टल हुन्छन् तब एपहरूले प्रयोगकर्ताको डेटा थुत्ने काम गर्छन् । त्यसका लागि यी एपले विज्ञापनको साहयता लिने जनाइएको छ ।
प्रयोगकर्तालाई विज्ञापनमार्फत विभिन्न सेवाका लागि प्रिमियम अकाउन्ट खोल्न लगाएर त्यहाँबाट बैंकिङसँग सम्बन्धित जानकारीका साथै अन्य महत्वपूर्ण डेटा संकलन गर्ने गर्छन् ।
अनुसन्धानकर्ताका अनुसार यो विषयमा गुगललाई जानकारी गराएसँग कतिपय यस्ता एप गुगल प्ले स्टोरबाट हटेका छन् । केही एप प्ले स्टोरमा अझै बाँकी नै छन् । त्यो हुँदा यस्ता एप तत्कालै आफ्नो डिभाइसबाट भने हटाउन उनीहरूको आग्रह छ ।
यस्ता छन् मालवेयर युक्त एपहरु :
- Photo Editor: Beauty Filter (gb.artfilter.tenvarnist)
- Photo Editor: Retouch & Cutout (de.nineergysh.quickarttwo)
- Photo Editor: Art Filters (gb.painnt.moonlightingnine)
- Photo Editor – Design Maker (gb.twentynine.redaktoridea)
- Photo Editor & Background Eraser (de.photoground.twentysixshot)
- Photo & Exif Editor (de.xnano.photoexifeditornine)
- Photo Editor – Filters Effects (de.hitopgop.sixtyeightgx)
- Photo Filters & Effects (de.sixtyonecollice.cameraroll)
- Photo Editor : Blur Image (de.instgang.fiftyggfife)
- Photo Editor : Cut, Paste (de.fiftyninecamera.rollredactor)
- Emoji Keyboard: Stickers & GIF (gb.crazykey.sevenboard)
- Neon Theme Keyboard (com.neonthemekeyboard.app)
- Neon Theme – Android Keyboard (com.androidneonkeyboard.app)
- Cashe Cleaner (com.cachecleanereasytool.app)
- Fancy Charging (com.fancyanimatedbattery.app)
- FastCleaner: Cashe Cleaner (com.fastcleanercashecleaner.app)
- Call Skins – Caller Themes (com.rockskinthemes.app)
- Funny Caller (com.funnycallercustomtheme.app)
- CallMe Phone Themes (com.callercallwallpaper.app)
- InCall: Contact Background (com.mycallcustomcallscrean.app)
- MyCall – Call Personalization (com.mycallcallpersonalization.app)
- Caller Theme (com.caller.theme.slow)
- Caller Theme (com.callertheme.firstref)
- Funny Wallpapers – Live Screen (com.funnywallpapaerslive.app)
- 4K Wallpapers Auto Changer (de.andromo.ssfiftylivesixcc)
- NewScrean: 4D Wallpapers (com.newscrean4dwallpapers.app)
- Stock Wallpapers & Backgrounds (de.stockeighty.onewallpapers)
- Notes – reminders and lists (com.notesreminderslists.app)