close

कुन बिजुली गाडी किन्ने ? सीजीको नेटा भी वा टाटाको नेक्सन ईभी

टेकपाना टेकपाना

साउन १३, २०७९ १६:४४

कुन बिजुली गाडी किन्ने ? सीजीको नेटा भी वा टाटाको नेक्सन ईभी

काठमाडौं । बारम्बार पेट्राेलियम पदार्थमा भइरहेको मूल्य वृद्धिले विद्युतीय सवारीको बजार उक्साइरहेको छ । हालै चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा विद्युतीय कार ‘नेटा भी’ काे बिक्री सुरु गरेकाे छ ।

कम्पनीले याे कार सार्वजनिक गरेसँगै यसको मूल्यको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस पनि छेडियो । सीजी मोटर्सले नेपाल आइपुग्दा विभिन्न कारणले उक्त कार महँगो हुन पुगेको तर्क गरिरहेको छ ।

यसक्रममा ‘नेटा भी’लाई  १० महिनाअघि सार्वजनिक भएको विद्युतीय कार टाटा नेक्सन ईभीसँग तुलना गर्ने कार्य भइरहेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभी बिक्री गर्दै आएको छ ।

आज हामी यी दुई विद्युतीय कारबीच कुन अब्बल भन्ने सवालमा चर्चा परिचर्चा गर्दैछौँ । 

डिजाइन 

नेक्सन ईभी एसयूभी हो भने नेटा भी पूर्णतया ‘क्रसओभर’ मोडल हो । लामो दूरीको लागि उपयुक्त मानिएको नेक्सन ईभीको डिजाइन आकर्षक छ । 

यसले जिप्पी पर्फमेन्स (छिटो गतिमा गुड्न सक्ने) प्रदान गर्दछ । ‘नेटा भी’को डिजाइन टेस्लासँग केही हदसम्म मिल्ने भएपनि उस्तै भने देखिँदैन ।

मोटर र ब्याट्री क्षमता

विद्युतीय सवारीका लागि मोटर र ब्याट्री नै त्यसको प्राण हो । नेक्सन ईभीका तीनै मोडलमा १०० किलोवाटको मोटर राखिएको छ भने ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । 

त्यस्तै नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग भएको छ । यसमा ७० किलोवाट क्षमताको मोटरको साथमा ३८.५ किलोवाट आवर क्षमताको ब्याट्री जडान भएको छ । 

रेन्ज

नेक्सन ईभीको तुलनामा नेटाभीको रेन्ज तुलनात्मक रुपमा बढी छ । कम्पनीका अनुसार नेटा भी एक पटकको फूल चार्जमा ३८० भन्दा बढी किलोमिटरसम्म गुड्न सक्छ ।

जसको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ । त्यस्तै, एआरएआईले प्रमाणिकरण गरेअनुसार टाटा नेक्सन ईभीको रेन्ज ३१२ किलोमिटर छ । जुन १२०किमि प्रति घण्टाको गतिमा गुड्न सक्छ । 

विशेषता

टाटा नेक्सन ईभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलईडी टेल ल्याम्प, फ्लोटिङ रुफ, पियानो ब्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता विशेषता रहेका छन् । 

यसमा, लेदरयुक्त फ्ल्याट बटम स्टेरिङ ह्वील, कप होल्डर, सात इन्च आकारको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनका आठ ओटासम्म स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटन, सात इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर समेत यसमा पाउन सकिन्छ ।

अर्कोतर्फ नेटा भीमा लेदरयुक्त प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, युनिक तरिकाले जडान गरिएको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, गियर नव र पार्किङ ब्रेक रहेका छन् ।

नेटा भीमा अगाडि र पछाडि इमर्जेन्सी लकिङ सिट बेल्ट, स्पिड सेन्सेटिभ कन्ट्रोल लकिङ, भेहिकल मेन्टिनेन्स रिमाइन्डर जस्ता फिचर नेक्सन ईभी भन्दा फरक रहेका छन् । 

पछिल्लो समय सार्वजनिक हुने कारमा उपलब्ध हुने सामान्य सुरक्षा फिचरहरू जस्तै रियर भ्यु क्यामेरा, टीपीएमएस, एबीएस, हिल स्टार्ट असिस्ट, ड्राइभर/ प्यासेन्जर एयरब्याग, पावर विन्डो, सेफ्टी लक, सिटवेल्ट रिमाइन्डर, पार्किङ क्यामेरा जस्ता सुविधा यी दुवै कारमा समान छन् । 

ग्राउन्ड क्लियरेन्स

नेक्सन ईभीको ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको भने नेटा भीमाको जम्मा १६० एमएम मात्रै छ । सहरी क्षेत्रका लागि नेटाको  ग्राउन्ड क्लियरेन्स ठीकै भए पनि ग्रामीण तथा कच्ची सडकका लागि भने पर्याप्त नहुन सक्छ ।

मूल्य र सुविधा

नेपालमा सीजी मोटर्सले अहिले नेटा भीको एउटा मात्रै भेरियन्ट भित्र्याएको छ । जसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ । कम्पनीले गाडी सार्वजनिक गरेसँगै आफ्ना ग्राहकलाई ६.६ वाटको चार्जर निःशुल्क उपलब्ध गराउने बताएको छ । 

त्यस्तै, एक वर्षसम्मको बीमा सुविधा पनि निःशुल्क उपलब्ध हुनेछ । गाडीको बाहिर भागमा रहेका र चलाउन नमिल्ने पार्टमा १० वर्ष अथवा दुई लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। यसबाहेक, कम्पनीले ब्याट्री र मोटरमा आठ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टीसँगै गाडीको खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउन सकिन्छ । 

त्यस्तै, सिप्रदीले नेपाली बजारमा टाटा नेक्सन ईभीको एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स गरी तीन ओटा मोडेल  बिक्री गर्दै आएको छ । जसमा एक्सएमको मूल्य ३८ लाख ५० हजार रुपैयाँ, एक्सजेड प्लसको ३९ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस लक्सको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । 

फिचरटाटा नेक्सननेटा भी
रेन्ज३१२ किमि३८० किमि
लम्बाई/चौडाई/उचाई ३९९३/१८११/१६०६ एमएम४०७०/१६९०/१५४० एमएम
ह्विलबेस२४९८ एमएम२४२० एमएम
बडी टाइपएसयूभीक्रसओभर
मोटर १०० किलोवाट७० किलोवाट 
ब्याट्री ३०.२ किलोवाट आवर (एलएफपी ब्याट्री)३८.५ किलोवाट आवर (सीएटीएलको एनएमसी ब्याट्री) 
लिक्विड कुलिङ
ब्याट्री प्याक र मोटरको इनग्रेस प्रोटेक्सन (तरल तथा ठोस पदार्थ भित्र छिर्नबाट रोक्ने मापदण्ड)आईपी ६७आईपी ६७
हिट पम्पछैन
प्लेटफर्मआईसी इन्जिन प्लेटफर्मईभी प्लेटफर्म
ग्राउन्ड क्लियरेन्स२०५ एमएम१६० एमएम
उच्च गति १२० किमि प्रतिघण्टा१०१ किमि प्रतिघण्टा
इन्फोटेन्मेन्ट सिस्टम७ इन्चको इन्फोटेन्मेन्ट सिस्टमएप्पल कार प्ले र एन्ड्रोइड अटो (ब्ल्याक मोडेलमा मात्रै) हार्मनको ४-८ स्पिकर सिस्टम१४.६ इन्चको फुलटच इन्फोटेन्मेन्ट सिस्टम १९२०*१०८० एचडी रेजोलुसन (एप्पल कार प्ले र एन्ड्रोइड अटो सहित)एआई इन्टेलिजेन्ट भ्वाइस इन्टरेक्सन फुल सिन रिमोट कन्ट्रोल बटन बिहीन
चर्जिङ सिस्टम एसी/फास्ट चार्जरस्लो/फास्ट चार्जर
चार्ज गर्न लाग्ने समय साधारण १५ एम्पियरको चार्जरबाट ८.५ घण्टा३.३ किलोवाट एसी चार्जरबाट एक घण्टामा ०-८० प्रतिशतएसी होम चार्जरबाट आठ घण्टा६० किलोवाटको डीसी फास्ट चार्जरबाट २० मिनेटमा ३० देखि ८० प्रतिशत
अधिकतम पावर१२९ पीएस९५ पीएस
अधिकतम टर्क २४५ एनएम १६० एनएम
एयर ब्याग २ ओटा२ ओटा
टीपीएमएस
एबीएस
हेडलाइटडीआरएल र फग ल्याम्पसहितको प्रोजेक्टर हेडल्याम्प (एक्सएम मोडेल बाहेकमा)लेजर हेडलाइट
चार्जिङ स्टेसन – डीसी चार्जर १६ स्थानमा
– एसी चार्जर १२० स्थानमा
देशका सातै प्रदेशका विभिन्न  २५ स्थानमा डीसी चार्जर राख्ने तयारी
भीटुएल डिस्चार्ज सुविधा (गाडीमा भएको चार्ज बाह्य प्रयोजनमा लगाउन सकिने)छैन
ग्रेडेबिलिटी (उकालो चढ्ने क्षमता)३४ प्रतिशत२० प्रतिशत
एक्सिलेरेसन४.९ सेकेन्डमा ०-५० किमि/घण्टा९.९ सेकेन्डमा ०-१०० किमि/प्रति घण्टा
बुट स्पेस३५० लिटर३३४ लिटर, ५५२ लिटरसम्म बढाउन मिल्ने
गाडीको तौल१४०० केजी११५१ केजी
ब्याट्री र मोटर वारेन्टी८ वर्ष वा १, ६०,००० किमी८ वर्ष वा १५०,००० किमि
गाडीको वारेन्टी३ वर्ष वा १,२५,००० किमी१० वर्ष वा २,००,००० किमि
अफर६.६ किलोवाटको चार्जर१ वर्षको बीमा
मूल्यएक्सएमः ३८,५०,०००एक्सजेड प्लसः ३९,९९,०००एक्सजेड प्लस लक्सः ४१,९९,०००३७ लाख ९९ हजार रुपैयाँ
अफरनिःशुल्क चार्जिङ बक्स जडान र अर्थिङ तथा वायरिङ चेकजाँच ७० हजार रुपैयाँ बराबरको चार्जर१ वर्षको बीमा १० हजार रुपैयाँको एक्सेसरिज२० हजार रुपैयाँ पर्ने भीटुएल एडप्टर । 
स्रोतः नेटा भी र टाटा नेक्सन ईभीको स्पेसिफिकेसन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३