close

आउँदो सेप्टेम्बरमा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

टेकपाना टेकपाना

साउन १५, २०७९ ८:२३

आउँदो सेप्टेम्बरमा सार्वजनिक हुँदै ह्वावे मेट ५० सिरिज

काठमाडौं । ह्वावेले मेट सिरिज आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ । कम्पनीले याे सिरिज अन्तर्गत ह्वावे मेट ५०, मेट ५० प्रो र मेट ५० आरएस गरी तीन माेडल ल्याउने छ ।

यी फोनहरूमा हार्मोनी ओएस ३.० सहित नयाँ चिपसेट प्रयोग गरिने बताइएको छ । बाहिरिएका जानकारी अनुसार यी तीनओटै फोनहरूमा किरिन ९०००एस चिपसेट प्रयोग गरिएको छ ।

यसको अर्थ यी फोनहरूले फोरजी मात्र सपोर्ट गर्नेछन् । 

खबर अनुसार मेट ५० मा पन्च होल क्यामेरा उपलब्ध हुनेछ भने मेट ५० प्रोमा फेस स्क्यानिङ फिचर उपलब्ध हुनेछ ।

ह्वावेको हार्मोनी ओएस ३.० उपलब्ध हुने मेट सिरिजका फोनहरू पहिलो फोन हुनेछ । स्मार्टफोनको बारेमा अन्य जानकारी उपलब्ध भइसकेकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३