close

ओप्पो ए७७ नेपाली बजारमा

टेकपाना टेकपाना

साउन १५, २०७९ १७:१५

ओप्पो ए७७ नेपाली बजारमा

काठमाडौं । ओप्पोको ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ‘ए७७’ नेपाली बजारमा सार्वजनिक भएको छ । ५००० एमएएच ब्याट्री क्षमता सहितको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहित ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा ६० हर्जको रिफ्रेस रेटसहितको डिस्प्ले छ, जसमा वाटर ड्रप नच रहेको छ भने साइड बेजल्सहरू निकै कम राखिएको छ ।

फोनमा मिडिया टेकहेलियो चिपसेट उपलब्ध छ । यसमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ भने ४ जीबीसम्म भर्चुअल र्‍याम थप गर्न सकिन्छ ।

स्काई ब्लु र सनसेट ओरेन्ज कलरमा उपलब्ध यो फोनको मूल्य नेपाली बजारमा २५ हजार ९९९ रुपैयाँमा किन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३