close

स्वास्थ्य सेवामा आधारित पहिलो ह्याकाथन कार्यक्रम सम्पन्न

टेकपाना टेकपाना

साउन १६, २०७९ १३:१३

स्वास्थ्य सेवामा आधारित पहिलो ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । स्वास्थ्य क्षेत्रमा देखिएका सामान्य तर समाधान नभएका समस्याको पहिचान तथा त्यसको समाधान खोज्ने उद्देश्यका साथ आयोजित ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरस्थित ‘इन्ट्रान्स क्याफे’ मा भएको दुई दिनसम्म भएकाे ह्याकाथनमा काठमाडाैं उपत्यकाका विभिन्न १० कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थी सहभागी थिए ।

यसअन्तर्गत ‘शिशु केयर’ नामक मोबाइल एप पहिलो भएको छ । मोबाइलको सहायताले ग्रामीण स्वास्थ्य स्वयंसेविकाले नवजात शिशुमा देखिने स्वास्थ्य समस्याहरूलाई समाधान गर्न कसरी चिकित्सकसँग सम्पर्क गर्ने भन्ने विषयमा एपको प्रोटोटाइप निर्माण गरी प्रदर्शन गरिएको थियो ।

त्यस्तै ठूला अस्पतालमा सेवा लिन सेवाग्राहीले भोग्नुपरेको समस्यालाई केन्द्रित गरी हस्पिटल नेभिगेसन सिस्टमको मोबाइल एप्लिकेसनको प्रोटोटाइपले दोस्रो स्थान हासिल गरेको छ ।

कार्यक्रममा सूचना प्रविधि तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरीरहेका विज्ञद्वार मेन्टरिङ गरिएको थियो, जसमा स्वास्थ्यकर्मीलाई बिरामीको उपचारसँग सम्बन्धित विभिन्न विषयहरु छलफल गर्न तयार भएको मोबाइल एप तथा वेब एप्लिकेसनको प्रोटोटाइपले तेस्रो स्थान हासिल गरेको छ ।

जेनेभा डिजिटल हब, स्विट्जरल्यान्डको सहयोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमले आयोजना ह्याकाथनमा प्रथम हुने टिमले ६० हजारको नगद पुरस्कार प्राप्त गरेकाे छ ।

त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः ४० र २० हजार नगद पुरस्कार प्राप्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३