close

नेपाली सडकमा गुड्न थाले टाटाका ६०० बढी बजुली गाडी

टेकपाना टेकपाना

साउन १७, २०७९ १५:५६

नेपाली सडकमा गुड्न थाले टाटाका ६०० बढी बजुली गाडी

काठमाडौं । टाटा मोटर्सले नेपालमा बिक्री गरेका बिजुली गाडीको सङ्ख्या छ सय नाघेको छ । कम्पनीले टाटा नेक्सन ईभी र टाटा टिगोर गरी दुई मोडेलका विद्युतीय गाडी बजारमा ल्याएको छ ।

कम्पनीले गत महिनामात्रै ८८ ओटा बिजुली गाडी बिक्री गरेको टाटा मोटर्सका बजार प्रबन्धक रुपम श्रेष्ठले जानकारी दिए ।

यद्यपि विदेशी मुद्रा सञ्चितिमा समस्या देखिएपछि सरकारले गरेको आयात कडाइका कारण अपेक्षित सङ्ख्यामा विद्युतीय गाडी नेपाल ल्याउन नसकिएको उनको भनाइ छ ।

टाटा मोटर्सले गत महिना नेपाल, भारतसहितका देशमा गरी कुल चार हजार २२ ओटा विद्युतीय गाडी बिक्री गरेको छ । कम्पनीका लागि विद्युतीय गाडीको बिक्रीमा यो सङ्ख्या आजसम्मकै सबैभन्दा उच्च हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३