close

तपाईंले यस्ता गल्ती गर्नुभयो भने ह्याकरहरु खुसी हुन्छन्

टेकपाना टेकपाना

साउन १७, २०७९ १६:४८

तपाईंले यस्ता गल्ती गर्नुभयो भने ह्याकरहरु खुसी हुन्छन्

काठमाडौं । सन् २०२२ सम्म आइपुग्दा साइबर आक्रमणका घटनाकाे ग्राफ उकालाे लाग्दैछ । विश्वभर नै जोखिम बढेको बेला नेपालीहरू डिजिटल दुनियाँमा सुरक्षित छन् भन्नसक्ने अवस्था छैन ।

कतिपय साइबर सुरक्षा विज्ञका अनुसार उही किसिमका पासवर्ड राख्नुले मात्र पनि इन्टरनेटबाट धेरैको व्यक्तिगत विवरण चोरी भएको छ । तपाईंका स-साना गल्तीले गर्दा ह्याकरहरूलाई तपाईंका व्यक्तिगत विवरण चोर्न सहज भइरहेको हुन्छ ।

तपाईंका यस्ता स-साना गल्ती उनीहरूका लागि बरदान नै भएका हुन्छ । आज हामी के कुराले गर्दा तपाईंको डेटा जोखिममा हुन्छ । वा, तपाईंका कस्ता कमजोरीले व्यक्तिगत जानकारी ह्याकरको कब्जामा रहन्छन् भन्ने विषयमा जानकारी दिँदैछौँ ।

तपाईंले के गल्ती गर्दा ह्याकर खुसी हुन्छन् भन्ने कुरा हामीले तल उल्लेख गरेका छौं ।

पुनः पुरानो पासवर्ड प्रयोग गरिरहँदा

तपाईंले यो कुरा त पक्कै महसुस गर्नुभएको छ होला । कतिपय अवस्थामा हामीले पुरानो पासवर्ड बिर्सेको बेला ‘फर्गट पासवर्ड’ गरेर नयाँ पासवर्ड राखिरहेका हुन्छौं । त्यस्तो अवस्थामा नयाँ पासवर्ड राख्दा पुरानै पासवर्ड दोहोरिएको मेसेज आउँछ ।

भन्नुको अर्थ हामीले नयाँ पासवर्ड राख्दा पनि कतिपय अवस्थामा पुरानो पासवर्ड दोहोरिरहेको हुन्छ । यसरी हरेक अकाउन्टका लागि उही पासवर्ड प्रयोग गर्दा र पुरानो पासवर्ड पटक पटक राखिरहँदा इन्टरनेटमा डेटा ब्रिच हुने सम्भावना धेरै हुन्छ ।

हामीले नयाँ पासवर्ड राख्दा पहिले भएकै प्रकृतिको पासवर्ड राखेका छौं भने त्यसलाई पनि ह्याकरले सफ्टवेयर प्रयोग गरी अनुमान गर्न सक्छन् । त्यसैले कुनै पनि अकाउन्टको पासवर्ड राख्दा नयाँ र युनिक पासवर्ड राख्ने प्रयास गर्नु उपयुक्त हुन्छ ।

उच्च जोखिम हुने अकाउन्टमा सामान्य पासवर्ड राख्दा

हामीले केका लागि कुन बेला नयाँ अकाउन्ट बनाउँछौं खासै निश्चित हुँदैन । हामीले बनाइसकेका सयौँ अकाउन्टमध्ये केही मात्र सधैँका लागि वा भनौँ आधिकारिक तरिकाले प्रयोग गरिरहेका हुन्छौं ।

एकपटकका लागि मात्र बनाइएका अकाउन्ट काम सकिसकेपछि डिलिट गर्नुपर्ने हुन्छ । यदि अकाउन्ट तपाईंले सबैभन्दा बढी प्रयोग गर्नुहुन्छ वा त्यसमा तपाईंका व्यक्तिगत विवरण धेरै छन् भने त्यस्ता अकाउन्ट उच्च जोखिममा हुन्छन् ।

इन्टरनेटमा हुने विविध जोखिमबाट बच्नका लागि यस्ता अकाउन्टमा युनिक पासवर्ड राख्नुहोस् । यि अकाउन्टहरूमा फरक-फरक पासवर्ड राखेर प्रयोग गर्नुहोस् ।

पासवर्ड मेनेजर प्रयोग नगर्दा

सर्वसाधारण वा इन्टरनेट प्रयोगकर्ताले पासवर्ड मेनेजरको प्रयोग नगर्दा ह्याकर खुसी हुन्छन् । मल्टी फ्याक्टर अथेन्टिकेसनका सन्दर्भमा पासवर्ड म्यानेजर एक महत्त्वपूर्ण साधन हो जसले स्मार्ट पासवर्ड बनाउने बानी बसाइ दिएको हुन्छ ।

यस्ता पासवर्ड मेनेजरले युनिक पासवर्डड बनाउन, एक पटकको प्रयोगका लागि पासवर्ड बानाउन र अकाउन्टमा स्वतः पासवर्ड प्रयोग गर्न सहयोग गर्छ । कुल प्रयोगकर्तामध्ये ४५ प्रतिशतले पासवर्ड मेनेजर प्रयोग गरिरहेका हुन्छन् भने बाँकी ५५ प्रतिशतले पासवर्ड आफ्नै विचारले बनाएका हुन्छन् ।

पासवर्ड मेनेजरको प्रयोग गर्दा कुनै पनि फिशिङ लिंकमा क्लिक गरिसकेपछि त्यसले तुरुन्तै त्यसलाई पहिचान गरि लिंकमा पासवर्ड जान दिनबाट रोक्छ ।

तपाईंले आफ्नो पासवर्ड सुरक्षित राख्नका लागि पासवर्ड मेनेजर प्रयोग गर्न सक्नुहुन्छ । तपाईंका लागि यि पासवर्ड मेनेजर उपयुक्त हुन सक्छन् ।

वानपासवर्ड

बिटवार्डेन

ड्याशलेन

लास्टपास

यी सबै पासवर्ड मेनेजरले उही किसिमको काम गर्छन् । तर, यी विभिन्न पासवर्ड मेनेजरमध्ये कुनको फिचर उपयुक्त हुन्छ भन्ने ख्याल गरेर प्रयोग गर्न सकिन्छ ।

व्यक्तिगत विवरण भएका साइटमा कमजोर पासवर्ड राख्दा

ह्याकरको नजरमा त्यस्तो अकाउन्ट परेको हुन्छ जसमा सर्वाधिक व्यक्तिगत विवरण समावेश भएको होस् । यस्ता अकाउन्टमा कमजोर पासवर्ड राखेको पाउँदा उनीहरू खुसी हुन्छन् । किनभने सरल र सहज पासवर्ड उनीहरू सहजै अनुमान गर्न सक्छन् ।

तपाईंको व्यक्तिगत तथा वित्तीय विवरण धेरै भएका अकाउन्टमा कडा पासवर्ड राख्ने बानी बसाउनु पर्छ । पासवर्ड राख्दा न्यूनतम १२ क्यारेक्टरको पासवर्ड राख्नुपर्ने हुन्छ ।

पासवर्ड राख्दा अरूले अनुमान गर्न नसक्ने किसिमको पासवर्ड राख्न खोज्नुपर्छ । जसका लागि बीचमा, छेउमा विभिन्न संकेत (#रु.%&) प्रयोग गर्न सक्नुहुन्छ ।

पासवर्ड लामो र अप्ठ्यारो राख्नु त छँदै छ, साथै पासवर्ड सम्झिन सकिने किसिमको पनि हुनुपर्छ ।

मल्टी-फ्याक्टर अथेन्टिकेसन सिस्टम प्रयोग नगर्दा

तपाईंले मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग नगर्दा ह्याकरहरू बढी खुसी हुन्छन् । किनभने एकपटक कसैगरी ह्याकरले पासवर्ड पत्ता लगायो भने पनि उसले सो अकाउन्टमा लगइन गर्न सक्दैन ।

मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्दा कसैले सोही ईमेल र पासवर्ड प्रयोग गरी लगइन गर्दा कुन फ्याक्टर अथेन्टिकेसन प्रयोग गरिएको त्यस अनुसार फरक फरक चरण पार गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि टु-फ्याक्टर अथेन्टिकेसन लागू गरिएको छ भने त्यसमा सिममा आइको कोड प्रयोग गरि लगइन गर्न सकिन्छ ।

पासवर्डका बारेमा जान्नुहोस्

तपाईंलाई पासवर्डबारे जानकारी नहुँदा साइबर आक्रमणकारी रमाउँछन् । जसले गर्दा सर्वसाधारण मानसिकतालाई पछ्याएर  नै उनीहरू अकाउन्ट ह्याक गरिदिन सक्छन् ।

हामीलाई आफ्नो अकाउन्ट ह्याकरको कब्जामा पर्छ भन्ने कहिल्यै लागेको हुँदैन । किनभने हामीलाई आफूले सजगता अपनाएको आभास भइरहेको हुन्छ । तर, डेटा चोरी कतिबेला कसरी हुन्छ भन्ने कुरा अनुमान लगाउनै सकिँदैन । ससाना डेटा चोरी हुँदा पनि हामीले ठूलो नोक्सानीको सामना गर्नुपर्ने अवस्था आउनेगर्छ ।

तपाईं जहिलेसम्म इन्टरनेटमा हुनुहुन्छ, त्यो बेलासम्म कुनै न कुनै ह्याकरको निगरानीमा परिरहनु भएको हुन्छ । इन्टरनेटमा सुरक्षित हुनका लागि आफू सधैँ सुरक्षित छु भन्ने कहिल्यै नसोच्नुहोस् ।

तपाईं विश्वको कुनै पनि कुनाको ह्याकरको निगरानीमा पर्नुभएको हुनसक्छ । पासवर्ड समय अनुसार परिमार्जित गर्दै लग्नुहोस् । प्रविधि अनुसार उपयुक्त माध्यम कुन हुन्छ, त्यो छानेर प्रयोग गर्नुहोस् ।

सीएनबीसीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३