close

जानकी टेक्नोलोजीलाई मधेश प्रदेश सरकारको आईसीटी सम्मान

टेकपाना टेकपाना

साउन १७, २०७९ १७:१८

जानकी टेक्नोलोजीलाई मधेश प्रदेश सरकारको आईसीटी सम्मान

काठमाडौं । सूचना प्रविधि कम्पनी जानकी टेक्नोलोजीले मधेश प्रदेश सरकारबाट आईसीटी सम्मान पाएको छ ।

प्रदेशको अर्थ मन्त्रालयले जानकी टेकलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर अफ द प्रोभिन्स- आईसीटी २०२२’ बाट सम्मानित गरेकाे हाे ।

सूचना प्रविधि क्षेत्रमा कम्पनीले गरेको नवप्रवर्तन अभ्यासलाई कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले सम्मान गरेकाे जानकी टेकका सहसंस्थापक अर्बिन्द साहले बताए ।

एसएसमएस सेवा प्रदायक स्प्यारो एसएमएस, भुक्तानी सेवा प्रदायक खल्तीजस्ता प्रविधि विकास गरेकाे कम्पनी एक दशकभन्दा बढी समयदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशील छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३