close

डिशहोम टिभी र इन्टरनेट सेवाको रिचार्ज अनलाइनबाट गर्न सकिने

टेकपाना टेकपाना

साउन १८, २०७९ ९:२५

डिशहोम टिभी र इन्टरनेट सेवाको रिचार्ज अनलाइनबाट गर्न सकिने

काठमाडौं । डीटीएच तथा इन्टरनेट सेवा प्रदायक डिशहोमका सेवाको रिचार्ज विभिन्न अनलाइन प्लेटफर्मबाट गर्न सकिने भएको छ ।

कम्पनीका अनुसार फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कोम्बोको रिचार्ज आईएमई पे, ई–सेवा, खल्ती र प्रभु पे लगायतका माध्यमबाट गर्न सकिन्छ ।

रिचार्ज गर्ने क्रममा आफूले कुन सेवा लिएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र गर्न कम्पनीले आग्रह गरेको छ ।

जस्तै, डिशहोम डीटीएच सेवा मात्र प्रयोग गर्नुभएको छ भने टिभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

डिशहोम फाइबरनेट मात्र चलाउनुहुन्छ भने इन्टरनेट सेग्नेमन्टमा गएर डिशहोम फाइबरनेटमा ट्याप गरेर रिचार्ज गर्न सक्नुहुन्छ ।

त्यस्तै फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेजका लागि टिभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा ट्याप गरी आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३