close

छोरासँग खुसी छैनन् एलन मस्कका बुबा

टेकपाना टेकपाना

साउन १८, २०७९ १६:३५

छोरासँग खुसी छैनन् एलन मस्कका बुबा

काठमाडौं । स्वाभावैले हरेक अभिभावक आफ्ना सन्तानको प्रगति होस् भन्ने चाहन्छन् । उनीहरूको चाहना सन्तानले राम्रो काम गरोस्, ठूलो मान्छे बनोस्, सबैमाझ परिचित होस्, धनाढ्याे बनोस् भन्ने हुन्छ । छाेराछाेरीले यी चाहना पूरा गरिदिए उनीहरू गर्व महसुस गर्छन् ।

तर, विश्वकै धनाढ्य व्यक्ति एलन मस्कका बाबु भने छाेराको सफलतामा त्यति गौरवान्वित छैनन् । एक अन्तर्वार्तामा एलनका बाबु एरन मस्कले आफूलाई छाेराकाे सफलतादेखि गर्व महसुस नलागेकाे अभिव्यक्ति दिएका छन् ।

गत सोमबार अष्टेलियाको रेडियो ‘द कायली’ सँग एक अन्तर्वार्तामा ७६ वर्षीय एरल मस्कलाई छाेरा एलन मस्कको उपलब्धिमा कत्तिको गर्व गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले एलन मस्कबाट गर्व नलागेकाे प्रतिक्रिया दिए ।

सो अन्तर्वार्तामा एरल मस्कले एलनसहित अन्य सन्तानबारे धेरै कुरा खुलाएका थिए ।

अन्तर्वार्तामा एरलले टेस्लाका संस्थापक र स्पेसएक्सका प्रमुख एलनले आफ्ना भाइबहिनीहरूको तुलनामा अलिकति सफलता हासिल गरेको भने स्वीकारेका छन् ।

“उनीहरूले थुप्रै कुरा देखेका छन् । र, हामीले सँगै पनि धेरै काम गरेका छौं,” उनले आफ्नो परिवारको चीन, अमेजन रेनफरेस्ट र अन्य ठाउँहरूको यात्रालाई उल्लेख गर्दै भने, “तर, एलन आफ्ना भाइबहिनीभन्दा अगाडि बढेको छ ।”

एलनका बारेमा थप कुरा भन्दै उनले एलन आफ्ना विभिन्न कम्पनीबाट जति खुसी हुन चाहन्थे, त्यति खुसी हुन नसकेको बताएका छन् ।

“एलन आफ्नै प्रगतिसँग खुसी छैन । याे कुरा सजिलै बुझ्न सकिन्छ,’’ एरल भन्छन्, “यो भन्दा अनौठो लाग्नसक्छ  । तर, हामी अझै पनि त्यसलाई परिवार जसरी सोच्छौं । उ ५० वर्षको भइसकेको छ । तर, म उसलाई बालकजस्तै सोचिरहेको हुन्छु ।”

एलनलाई कान्छा छोरा किम्बल मस्कसँग तुलना गर्दै एरलले किम्बल एलनभन्दा बढी सन्तुष्ट भएको बताए ।

बिज्नेस इन्साइडरले अर्बपतिको सूचीमा राखे पनि एलनका भाइ किम्बलको कूल सम्पत्ति ७०० मिलियन डलरमात्र रहेको छ ।

किम्बल एक रेस्टुरेन्ट लगानीकर्ता र सेफ हुन् । एरल मस्कसँगको अन्तर्वार्ता एलन मस्कले ट्वीटरविरुद्ध मुद्दा  दर्ता गर्ने निर्णय गरेकाे भाेलिपल्ट भएको थियो ।

४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता भएको केही समयमा नै एलन मस्कले ट्वीटरमा बटको संख्या धेरै भएको भन्दै सो प्लेटफर्म खरिद गर्न अस्वीकार गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३