close

अरबपति ई-स्पोर्ट्सको आयोजनामा पब्जी प्रतियोगिता हुँदै, यसरी गर्नुहोस् टिम दर्ता

टेकपाना टेकपाना

साउन १८, २०७९ १८:४९

अरबपति ई-स्पोर्ट्सको आयोजनामा पब्जी प्रतियोगिता हुँदै, यसरी गर्नुहोस् टिम दर्ता

काठमाडौँ । पब्जी पारखीलाई लक्षित गरी ‘माई पे सिरिज सिजन वान’ प्रतियाेगिता हुने भएकाे छ । अरबपति ई-स्पोर्टसको आयोजनामा हुने याे प्रतियाेगिताका लागि साउन २५ सम्म टिम दर्ता गर्न सकिने छ ।

५०० भन्दा धेरै टिमले सहभागिता जनाउने अपेक्षा लिइएको यो प्रतियोगितामा अहिलेसम्म १५० भन्दा बढी टिमले टिम दर्ता गरिसकेकाे आयोजकले जनाएको छ ।

प्रतियोगिता पाँच चरणमा सम्पन्न हुने जनाइएकाे छ । पहिलो चरणमा दर्ता भएका टिमबीच खेल हुनेछ । याे चरणमा राम्रो प्रदर्शन गर्ने टिमहरुले दोस्रो चरण अर्थात् क्वार्टर-फाइनलमा खेल्नेछन्, जसमा ६४ वटा टिमलाई १६-१६ गरी चार समूहमा राखिने छ । 

क्वार्टर-फाइनलबाट आएका २२ टिम र १० आमन्त्रित टिम गरी कुल ३२ टिमले समूह चरणका खेल खेल्नेछन् । यस चरणमा ३२ टिमलाई चार समूहमा विभाजन गरेर खेलाइने छ र प्रत्येक समूहबाट छ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल २४ टिमबीच हुनेछ, जसलाई पनि तीन समूह बाँडिने छ ।

८-८ टिमबीच सेमिफाइनलको खेल हुनेछ र पोइन्टको आधारमा शीर्ष १६ भित्र पर्ने टिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । फाइनल खेल १६टिमबीच हुनेछ । फाइनलको सबै खेल सकिँदा शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने छ ।

सेमिफाइनल तथा फाइनलको खेल डबल राउन्ड रोबिन फर्म्याटमा हुनेछ ।

यो प्रतियोगितामा आमन्त्रित टोलीको रुपमा ज्यानमारा ई-स्पोर्टस, डीआरएस गेमिङ, डेडआई गाइज, टीटुके, स्काइलाइट गेमिङ, हाई भोल्टेज, इलेमेन्ट्रिक्स, रअ ई-स्पोर्टस, टिम होरा र द एट्रयाक्स ई-स्पोर्टस रहेका छन् ।

खेलाडी दर्ताको लागि प्ले स्टोरबाट ‘माइ पे एप’ डाउन गर्नुपर्ने हुन्छ । टिम दर्ताका लागि थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३