close

चिप निर्माणमा चीनसँग प्रतिस्पर्धा गर्न आफ्ना कम्पनीलाई सहुलियत प्रदान गर्दै अमेरिका

टेकपाना टेकपाना

साउन १९, २०७९ ११:११

चिप निर्माणमा चीनसँग प्रतिस्पर्धा गर्न आफ्ना कम्पनीलाई सहुलियत प्रदान गर्दै अमेरिका

काठमाडौं । अमेरिकाले चिप निर्माणमा आफ्ना कम्पनीहरूले चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यका साथ नयाँ व्यवस्था गर्ने भएको छ । त्यसका लागि अमेरिकी राष्ट्रपति जोय बाइडेन सरकारले विद्येयक ल्याउने तयारी गरेको छ ।

यही अगस्ट ९ मा राष्ट्रपति बाइडेनले अमेरिकी चिप निर्माता कम्पनीहरूका लागि सहुलियत प्रदान गर्ने गरी नयाँ विद्येयकमा हस्ताक्षर गर्ने जनाइएको छ ।

जसले अमेरिकी चिप निर्माता कम्पनीलाई चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । नयाँ विद्येयकले सेमिकन्डक्टर निर्माण तथा त्यसको अनुसन्धानका लागि करिब ५२ बिलियन डलरको सहुलियत प्रदान गर्नेछ ।

साथै लगानीकर्तालाई कर लगायतको विभिन्न क्षेत्रमा छुट समेत प्रदान गर्ने जनाइएको छ । यसले अमेरिकामै सेमिकण्डक्टर निर्माण गर्ने सरकारी योजनालाई साकार पार्न मद्दत गर्ने राष्ट्रपति बाइडेलले बताएका छन् ।

यो व्यवस्थाले हाल मोबाइल, कार, हतियार लगायतको बजारमा देखिएको चिप अभावको समस्यालाई समेत अन्त्य गर्ने अनुमान गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३