close

नीमा एकेडेमीको ‘मनसुन मेला’, ई-लर्निङमा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

साउन १९, २०७९ १२:१७

नीमा एकेडेमीको ‘मनसुन मेला’, ई-लर्निङमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । ई-लर्निङ प्लेटफर्म नीमा एकेडेमीले शैक्षिक सत्र २०७९ लाई लक्षित गर्दै ‘मनसुन अनलाइन एडुफेस्ट’ सञ्चालन गरिरहेको छ । सोही योजना अन्तर्गत कम्पनीले थप अफरसहित तीन दिने ‘मनसुन महाबचत ज्ञान मेला’ आयोजना गर्ने भएको छ ।

यो मेला भोलि शुक्रबारदेखि २२ गतेसम्म चल्नेछ, जसमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेषगरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाइन पाठ्यक्रमको बन्डल प्याकेजमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ ।

किफायती मूल्यमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै आकर्षक उपहारसमेत उपलब्ध गराउने उद्देश्यका साथ यो मेला आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

यसका साथै नीमा एकेडेमीले आगामी दिनमा अन्य अफर, योजना, सदस्यता सुविधा र  विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीलाई लक्षित गरी विभिन्न प्याकेजसमेत उपलब्ध गराउने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३