close

पब्जी मोबाइल नेपाल सिरिज २०२२: फाइनल भिड्दैछन् यी १६ टिम

टेकपाना टेकपाना

साउन १९, २०७९ १४:७

पब्जी मोबाइल नेपाल सिरिज २०२२: फाइनल भिड्दैछन् यी १६ टिम

काठमाडौँ । पब्जी मोबाइलले आयोजना गरेको ‘पब्जी मोबाइल नेपाल सिरिज २०२२’ को सेमिफाइनल चरणका सबै खेल सम्पन्न भएको छ ।

तीन दिन चलेको प्रतिस्पर्धाबाट १६ टिमले अन्तिम चरणमा स्थान बनाएका छन् । यसअन्तर्गत भेनम लेजेन्ड, ब्ल्याक ई-स्पोर्ट्स, फ्युचर गेमिङ, टीटुके, डीआरएस गेमिङ, टिम एक्स्ट्रिम, विजेज क्लब, डीआरएस गेमिङ, भेन्टुनिज, ज्यानमारा ई-स्पोर्टस, इलिमेन्ट्रिक्स, इलुमिनेट क्रिउ, स्काइलाइट गेमिङ, विल अफ डि, हाइ भोल्टेज र सतन रहेका छन् ।

सेमिफाइनलका सबै खेल खेल्दा टीटुके, डीआरएस गेमिङ र टिम एक्स्ट्रिम अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

सेमिफाइनलमा पुगेका अन्य टिमहरु एचके मर्डर्स, डीएसई ई-स्पोर्टस, डेडआइज गाइज, ओमगन ई-स्पोर्ट्स, द इन्भिक्टस, आइस अफिसियल र पर ब्रिलियन्स फाइनलको लागि छनोट हुन सकेनन् ।

त्यस्तै सेमिफाइनल पुगेको अर्को टोली  टिम यूआरएललाई भने गेममा छेडछाड गरेको भन्दै प्रतियोगिताबाट निकालिएकाे थियाे ।

प्रतियोगिताको फाइनल चरणका खेल साउन २० देखि २२ सम्म चल्नेछ । विजेता टिमले तीन लाख २० हजार नेपाली रुपैँया हात पार्नेछ भने उपविजेता र तेस्रो स्थानमा रहन सफल टिमले क्रमश: एक लाख ५० हजार र  एक लाख रूपैयाँ पाउनेछन् ।

साथै शीर्ष दुई टिमले पब्जी मोबाइल नेसनल च्याम्पियनशिपका लागि डाइरेक्ट स्लट पाउने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३