close

भिभो स्मार्टफोनको मूल्य घट्यो

टेकपाना टेकपाना

साउन १९, २०७९ १७:४५

भिभो स्मार्टफोनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा भिभो ब्राण्डको ‘भी२१ई’ स्मार्टफोनको मूल्य घटेको छ । कम्पनीले यो फोनको मूल्य दुई हजार रूपैयाँले घटाएको हो ।

अब ग्राहकले यो फोन ३७ हजार ९९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् ।

भीभो भी २१ ई मा ४४ मेगापिक्सेलको उत्कृष्ट फ्रन्ट क्यामेरा रहेको छ । जसमा अटोफोकस, वेटर नाइट शट, फोरके भिडिओ लगायतका सुविधा रहेका छन् ।

साथै ४४ मेगापिक्सेल क्यामेराको साथमा एफ २.० अपार्चर समेत दिइएको छ । जसले गर्दा प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो लिन सकिने जनाइएको छ ।

यसमा ड्युल भ्यु भिडिओ, स्लो मोशन सेल्फी भिडिओ, फोरके सेल्फी भिडिओ, स्टेडीफेश सेल्फी भिडिओ लगायतका फिचर रहेका छन् । जसले प्रयोगकर्तालाई चाहेजस्तो फोटो भिडिओ क्याप्चर गर्न मद्दत गर्नेछ ।

फोनमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ । यो फोनले माइक्रो फोटोग्राफीमा अन्य क्यामेराभन्दा राम्रो परिणाम दिने कम्पनीको दावी छ ।

क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर रहेको फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । यसमा ३ जीबी एक्सटेन्डेबल र्‍यामको विशेषता रहेको छ ।

फोनमा ३३ वाट फ्ल्याश चार्जिङ सिस्टम उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३