close

क्वालिटी नघट्ने गरी फोटो/भिडिओ ट्रान्सफर गर्ने तरिका

टेकपाना टेकपाना

साउन १९, २०७९ २०:५४

क्वालिटी नघट्ने गरी फोटो/भिडिओ ट्रान्सफर गर्ने तरिका

काठमाडौं । हामीलाई दैनिक रूपमा विभिन्न प्रयोजनका लागि फोटो, भिडिओ वा अन्य सामग्री एउटा डिभाइसदेखि अर्को डिभाइस वा एउटा व्यक्तिबाट अन्य व्यक्तिमा पठाउनुपर्ने हुन्छ ।

इन्टरनेट नभएको अवस्थामा हामीमाझ थुप्रै विकल्प छन् । इन्टरनेट हुँदा पनि हामी त्यस्ता विकल्प प्रयोग गरिरहेका हुन्छौं, जसले हामीले पठाएका फाइल, फोटो, भिडिओ तथा अन्य डकुमेन्टको गुणस्तर घटाइरहेको हुन्छ ।

इन्टरनेट प्रयोग गरी हामी भाइबर, ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टग्रामका माध्यमबाट फोटो पठाइरहेका हुन्छौं । फोटो पठाउन यी माध्यमबाट सहज र सरल हुने भएपनि वास्तवमा हामीले पठाएको फोटो वा भिडिओको गुणस्तर यस्ता माध्यमबाट घटिरहेको हुन्छ ।

यदि उच्च गुणस्तरका फोटो एउटा डिभाइसबाट अर्को डिभाइसमा पठाउन परे हामी अफलाइन विधि नै अपनाउने गर्छौं । यसका लागि प्रायः मानिसहरूले डेटा केबलबाट फाइल तथा फोटो ट्रान्सफर गरिरहेका हुन्छन् ।

आज हामी इन्टरनेटमा अभ्यास भइरहेका केही विधिको बारेमा चर्चा गर्दैछौँ, जसबाट उच्च गुणस्तरका फोटो तथा भिडिओ पठाउन सकिन्छ ।

आईएमजीबीबी (imgbb)

आईएमजीबीबी एउटा त्यस्तो इमेज होस्टिङ (फोटो राख्न मिल्ने) प्लेटफर्म हो, जसका माध्यमबाट हामी निशुःल्क फोटो भण्डारण गर्न सक्छौं ।

प्रायः फोटोग्राफरको रोजाइमा यो प्लेटफर्म परिरहेको हुन्छ । विशेषगरी वेबमा एउटा प्लेटफर्मबाट अर्को प्लेटफर्ममा फोटो ट्रान्सफर गर्नका लागि धेरैको रोजाइमा आईएमजीबीबी परेको हुन्छ ।

आईएमबीजीजी आफ्नो अनलाइन डेटाबेसमा प्रयोगकर्तालाई फोटो अपलोड गर्ने पहुँच दिन्छ । एकपटक यस प्लेटफर्ममा फोटो अपलोड गरिसकेपछि संसारको जुनसुकै कुनामा फोटोको लिंक प्रयोग गरी एक्सेस पाउन सकिन्छ ।

यसका माध्यमबाट फोटोको एचटीएमएल कोड कपी गर्न सकिन्छ । जसलाई आवश्यकता अनुसार विभिन्न वेबसाइटमा इम्बेड गर्न सकिन्छ ।

यसमा धेरै फोटो अपलोड गर्न मिले तापनि सबै फोटो अर्को व्यक्तिले एकैपटक जिप फाइलमा डाउनलोड गर्न सकिँदैन । त्यसका लागि सो व्यक्तिले हरेक फोटोका लागि छुट्टाछुट्टै लिंक प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तै यसमा अकाउन्ट बनाइसकेपछि त्यस एल्बम नै पठाउन सकिन्छ । अकाउन्ट नबनाएर फोटो अपलोड गर्दा त्यसको लिंक बिर्सेको खण्डमा तपाईंले नै पहुँच पाउन सक्नुहुन्न ।

त्यसैले फोटो अपलोड गर्दा अकाउन्ट बनाएर अपलोड गर्न उपयुक्त हुन्छ । यसका माध्यमबाट एकपटकमा ३२ एमबीको फोटो अपलोड गर्न सकिन्छ ।

त्यसभन्दा बढी एमबीको फोटो अपलोड गर्न परे यसको प्रिमियम सेवा लिनुपर्ने हुन्छ । आईएमजीबीबीमा फोटो अपलोड गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले यहाँ क्लिक गरी आईएमजीबीबीको साइटमा जानुहोस् ।

-त्यसपछि त्यहाँ रहेको स्टार्ट अपलोडिङको अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि ग्यालरीबाट आफूले शेयर गर्न चाहेका विभिन्न फोटो छान्नुहोस् ।

त्यसपछि ओपनको बक्मा क्लिक गरी अटो डिलिटको अप्सन छान्नुहोस् । (यदि तपाईंलाई सो फोटो केही समयपछि हटोस् भन्ने चाहना छ भने बक्सभित्र रहेको डन्ट अटोडिलिटको अप्सनभित्र आफूले स्वतः यति समयपछि डिलिट होस् भन्ने समय छान्नुहोस् ।)

-त्यसपछि अपलोड (Upload) लेखिएको बक्समा क्लिक गर्नुहोस् ।

अब तल नयाँ लिङ्क आउँछ । सो लिङ्क कपी गरी आफूले पठाउन चाहेको व्यक्ति वा अन्य डिभाइसमा लिङ्क फर्वाड गर्नुहोस् ।

वी ट्रान्सफर (We Transfer)

भिडिओ, अडियो, फोटो फाइल, डकुमेन्ट लगायत विभिन्न फाइल ट्रान्सफर गर्नका लागि उपयुक्त अर्को प्लेटफर्म हो, वी ट्रान्सफर ।

वी ट्रान्सफरका माध्यमबाट एकपटकमा निःशुल्क २ जीबीसम्मको फाइल ट्रान्सफर गर्न सकिन्छ । यसबाट उच्च गुणस्तरका फाइल ट्रान्सफर गर्न मिल्नुका साथै लिंक प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट पनि एक्सेस पाउन सकिन्छ ।

याद गर्नुहोस्, फाइल ट्रान्सफर गर्दा ती सबै २ जीबीभन्दा बढीको हुनु हुँदैन ।

वी ट्रान्सफरका माध्यमबाट फाइल ट्रान्सफर गर्ने तरिका तल उल्लेख गरिएको छ ।

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर वी ट्रान्सफरमा जानुहोस् ।

-त्यसपछि अपलोड फाइलको छेउमा रहेको प्लसको आइकनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि फाइल एक्स्पोररमा आफूले ट्रान्सफर गर्न चाहेका फाइल वा फोल्डर छान्नुहोस् । (फाइल साइज २ जीबीभन्दा कम स्टोरेजको हुनुपर्छ ।)

-त्यसपछि ओपनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि त्यहाँ ईमेलबाट पठाउने वा सोझै लिंक पठाउने भन्ने अप्सन छान्नुपर्ने हुन्छ । त्यसका लागि डिफल्ट रूपमा ईमेलमा पठाउने विकल्प राखिएको हुन्छ ।

-ईमेलमा पठाउनका लागि तपाईंले त्यहाँ आफ्नो ईमेल आईडी र पठाउन चाहेको व्यक्तिको इमेल आईडी राख्नुपर्ने हुन्छ ।

(यदि लिङ्क फर्वाड गर्ने हो भने त्यहाँ ट्रान्सफर लेखिएको अप्सनको छेउमा तीन ओटा डट देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरिसकेपछि गेट ट्रान्सफर लिंकको अप्सन छान्नुहोस् ।)

-यदि लिङ्क फर्वार्ड गर्ने हो भने त्यहाँ ट्रान्सफर लेखिएको अप्सनको छेउमा तीन ओटा डट देख्न सक्नुहुन्छ । 

-त्यसमा क्लिक गरिसकेपछि गेट ट्रान्सफर लिंकको अप्सन छान्नुहोस् ।

-त्यसपछि ‘गेट अ लिङ्क’मा क्लिक गर्नुभयो भने फाइल अपलोड हुन थाल्छ । अपलोड भइसकेपछि त्यहाँ रहेको कपी लिङ्कमा क्लिक गरी लिङ्क कपी गर्नुहोस् ।

-त्यसपछि सो लिङ्क आफूले पठाउन चाहेको व्यक्तिलाई फर्वार्ड गर्नुहोस् ।

-यसरी आफूले पठाउन चाहेका विभिन्न फाइल तथा फोटो अन्य डिभाइस वा अन्य व्यक्तिलाई पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३