२०७९, २६ श्रावण बिहिबार   |  
Thursday 11th August 2022

विज्ञानले मरेको मान्छेलाई जिउँदो फर्काउन सक्ला ? सुँगुरमा सफल भए वैज्ञानिक

A ‘Reversible’ Form of Death? Scientists Revive Cells in Dead Pigs’ Organs

काठमाडौं । वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 

यो घटनाबाट मृत्युको परिभाषालाई नै परिवर्तन भएको केही विज्ञहरूले तर्क समेत दिएका छन् । यो सफलता भोलिको दिनमा मानिसहरूमा पनि प्रयोग गर्न सकिने उनीहरूको भनाई छ ।

यसरी ब्युताइएको अंगहरूलाई मानिसहरूमा प्रत्यारोपण गरि हजारौं मानिसहरूको जीवन बचाउन सकिने उनीहरूको तर्क छ । सार्वजनिक भएको प्रतिवेदनका अनुसार  उनीहरूले बेहोस पारिएको सुँगुरमा हृदयघात गराइएको थियो, जसबाट शरीरमा रगत प्रवाह बन्द भएको थियो ।

यस्तोमा शरीरका कोषहरूमा अक्सिजन प्रवाह रोकिन्छ र अक्सिजन नपाउँदा कोषिकाहरू मर्न थाल्छन् । यो प्रकृया मार्फत उक्त सुँगुर एक घण्टासम्म मृत अवस्थामा थियो ।

त्यसपछि वैज्ञानिकहरूले उक्त सुँगुरको रगतमा सिन्थेटिक हेमोग्लोबिन मिसाएर शरीरमा पठाइएको थियो । सुँगुरको रातो रक्तकोषिकामा अक्सिजन सहित सो कोषिकालाई सुरक्षा गर्ने औषधी पनि मिसाइएको थियो । 

यसरी राखिएको रगत उसको मृत शरीरमा प्रवाह हुन सुरु भएपछि सुँगुरको मुटु, कलेजो र किड्नीले पुनः काम गर्न थालेको थियो । यसरी ती अङ्गहरू छ घण्टासम्मको परीक्षण अवधिभर चलेका थिए । यसले मरेको कोषिकालाई पुनः जीवित गराउन सकिने कुरा प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ । 

यो परीक्षणलाई वैज्ञानिकहरूले ‘अर्गानएक्स’ नाम दिएका छन् । यो प्रविधि मानिसमा पनि परीक्षण गरिने बताइएको छ । यद्यपि यो प्रविधि मानिसहरूमा उपयोगी हुने कुरा भने अझै पनि अन्यौलतामा नै रहेको केही विज्ञहरू बताउँछन् ।

यो परीक्षणलाई केहीले भविष्यका लागि उपयोगी हुने तर्क राखेका छन् भने केहीले मानिसमा यो प्रयोग प्रभावकारी नहुने अभिव्यक्ति दिएका छन् । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team