close

बजारमा घट्दै सामसङ स्मार्टफोनको माग, के होला कारण ? 

टेकपाना टेकपाना

साउन २०, २०७९ १५:१०

बजारमा घट्दै सामसङ स्मार्टफोनको माग, के होला कारण ? 

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले आफ्ना उपकरणको उत्पादन घटाएको छ । हाल विश्व बजारमा नै स्मार्टफोनहरूको माग घटेको प्रतिवेदन प्राप्त भएपछि सामसङले भियतनाम स्थित आफ्नो प्लान्टको उत्पादन घटाएको छ । 

विश्वमा कम्पनीको सबैभन्दा ठूलो स्मार्टफोन निर्माण गर्ने प्लान्ट तथा बिक्रेता रहेको भियतनामको उत्तरी भूभागमा नै बिक्रेताहरूले माग घटेको बताएपछि यो समस्या उत्पन्न भएको हो । कोरोना महामारीबाट विश्व बजार तङ्ग्रिदै गर्दा उपभोक्ताहरूको खर्च गर्ने क्षमता भने घट्दै गएको छ ।

जसले गर्दा बजारमा स्मार्टफोनको माग समेत घटिरहेको रोयटर्समा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । यही कारणले गर्दा कम्पनीले पनि आफ्नो उत्पादन घटाउनु परेको हो । उत्पादन घटेपछि काम पनि घटेको छ ।

भियतनाम स्थित प्लान्टमा काम गर्ने दिन पनि हप्ताको छ दिनबाट घटाएर तीन दिन बनाइएको रोयटर्समा उल्लेख छ । यद्यपि कम्पनीले भने आफ्नो नयाँ फोल्डेबल फोनको माग बढ्ने विश्वास गरेको छ ।

आउँदो साता कम्पनीले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर रोयटर्सले सम्पर्क गरेको कम्पनीका धेरै कर्मचारीहरूले भने बजारमा सामसङ स्मार्टफोनको बिक्री राम्रो नभएको दाबी गरेका छन् ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३