close

ग्रान्डस्ट्रिमका टेलिफोन, भिडिओ कन्फ्रेन्सिङ तथा वाईफाई उपकरण नेपाली बजारमा

टेकपाना टेकपाना

साउन २०, २०७९ १६:३८

ग्रान्डस्ट्रिमका टेलिफोन, भिडिओ कन्फ्रेन्सिङ तथा वाईफाई उपकरण नेपाली बजारमा

काठमाडौं । भ्वाइस तथा भिडिओ सञ्चार उपकरण निर्माता कम्पनी ग्रान्डस्ट्रिम नेटवर्कले नेपालमा आफ्ना विभिन्न विद्युतीय उपकरण भित्र्याएको छ । सन् २००२ मा स्थापना भएको ग्रान्डस्ट्रिमले आफ्नो स्थापनाको २० औं वर्ष पार गरेको अवसरमा बिहीबारदेखि यी उपकरण नेपाली बजारमा सार्वजनिक गरेको हो । 

जसमा संस्थागत तथा व्यक्तिगत प्रयोजनका लागि उपयोगी हुने टेलिफोन, वाई-फाई राउटर, हेडसेट, फिङ्गर प्रिन्ट डिभाइस, आईपी क्यामेरा लगायतका उत्पादन रहेका छन् । नेपालका लागि ग्रान्डस्ट्रिमको आधिकारिक बिक्रेता मल्टिसिसले यी उपकरण उपलब्ध गराउने छ ।

ग्रान्डस्ट्रिमले बिहीबार मल्टिसिसस्लाई आफ्नो आधिकारिक वितरक घोषणा गरेको थियो । क्यारियर ग्रेड आईपी फोनहरूमा जीआरपी सिरिजका १२ मोडेल, एन्ड्रोइडका लागि आईपी भिडिओ फोनहरूमा जीएक्सभी सिरिजका तीन ओटा मोडेल रहेका छन् ।

त्यस्तै मिड-रेन्ज तथा बेसिक आईपी फोनमा जीएक्सभी सिरिजका छ ओटा, डब्लूपी सिरिजका चार ओटा र डीपी सिरिजका तीन ओटा मोडेल बजारमा उपलब्ध गराइएको छ । त्यस्तै वाई-फाई एक्सेस पोइन्ट र राउटरमा जीडब्लूएन सिरिजका १० ओटा राउटर, भिडिओ र अडियो कन्फ्रेन्सिङका लागि जीभीसी सिरिजका तीन ओटा मोडेल, जीएसी सिरिज र जीएमडी सिरिजका एउटा एउटा मोडेल पाउन सकिनेछ ।

यसैगरी मल्टिसिसबाट एनालग टेलिफोन एडप्टर र गेटवेमा एचटी सिरिजका तीन ओटा मोडेल, जीएक्सडब्लू सिरिजका तीन ओटा मोडेल पाउन रहेका छन् । त्यस बाहेक डोर सिस्टमका लागि जीडीएस सिरिजका र जीएससी सिरिजका तीनतीन ओटा मोडेल सार्वजनिक भएका छन् ।

ग्रान्डस्ट्रिमले नेपाली बजारमा खुद्रा रूपमा आफ्ना उत्पादन बिक्री गर्दै आइरहेको भए पनि अब भने आधिकारिक रूपमा मल्टिसिसबाट वितरण हुने बताएको छ । मल्टिसिसले ग्रान्डस्ट्रिमका उत्पादनमा जीएससी सिरिजका फूल एचडी आईपी क्यामेरा, जीयूभी सिरिजका हेडफोन तथा वेबक्याम समेत वितरण गर्नेछ ।

कम्पनीले आफ्नो आधिकारिक एप्लिकेसन ‘वेभ एप’ पनि सार्वजनिक गरेको छ । ‘वेभ एप’ यूसीएम६३०० सिरिजका लागि उपलब्ध डेस्कटप, वेब, तथा मोबाइल एप हो, जसले भ्वाइस तथा भिडिओ कन्फ्रेन्समा टुलको काम गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३