close

आईपीओ जारी गर्दै रेडिट

टेकपाना टेकपाना

साउन २०, २०७९ १७:३

आईपीओ जारी गर्दै रेडिट

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म ‘रेडिट’ ले सर्वसाधारणका लागि शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले हालसम्म कति प्रतिशत शेयर र कुन मूल्यमा बिक्री गर्ने भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । यसअघि कम्पनीले यही अगस्टमा कम्पनीको मूल्य १० अर्ब अमेरिकी डलर मानेर ७० करोड अमेरिकी डलर रकम संकलन गरेको थियो ।

उक्त लगानीसँगै हाल कम्पनीको मूल्य १५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । नयाँ लगानी भित्र्याएको केही समय पश्चात नै कम्पनीले सर्वसाधारणमा जाने तयारी गरेको हो ।

अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (सीएसी) ले कम्पनीको बजार लगायतका विभिन्न विषयमा अध्ययन पश्चात मात्रै रेडिटको शेयर जारी हुनेछ । त्यसका लागि कम्पनीले सीएसीमा आवेदन दिइसकेको उल्लेख छ ।

सन् २००५ मा स्थापना भएको यो कम्पनीमा दैनिक पाँच करोड २० लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीमा चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र फिडेलिटी इन्भेस्टमेन्ट एण्ड भेन्चर क्यापिटलको समेत लगानी रहको छ ।

हाल कम्पनीमा १४ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । यस वर्ष कर्मचारीको सङ्ख्या दोब्बरले बढाउने योजना कम्पनीले यस अघि नै सार्वजनिक गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३