close

नेपालको फाइभजी विकासमा सघाउने नोकियाको प्रतिबद्धता 

टेकपाना टेकपाना

साउन २०, २०७९ १७:५३

नेपालको फाइभजी विकासमा सघाउने नोकियाको प्रतिबद्धता 

काठमाडौँ । नोकियाले नेपालको फाइभजी विकास तथा विस्तारको लागि महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेको छ । शुक्रवार आयोजित “नोकिया नेपाल इनोभेसन डे २०२२” कार्यक्रमको अवसरमा कम्पनीले नेपाललाई फाइभजी विकास र डिजिटल रूपान्तरणको क्षेत्रमा अगाडि बढ्नको लागि मद्दत गर्न बताएको हो ।

नेपालको हरेक शहरी/ग्रामिण क्षेत्रहरूमा फाइभजी विस्तार गर्दै उच्च गुणस्तरीय इन्टरनेट सेवा  र फिक्स ब्रोडब्यान्डको पहुँच पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताएको छ । साथै कम्पनीले नेटवर्क विस्तारका विभिन्न क्षेत्रहरूमा समेत काम गर्ने बताएको छ ।

नोकियाले उद्योग,  शहर र सरकारको लागि छुट्टाछुट्टै नेटवर्क डिजाइनको आवश्यकता औंल्याउँदै यसको लागि नेपाललाई सहयोग गर्ने कम्पनी तयार रहेको जनाएको छ ।

आज सम्पन्न भएको कार्यक्रममा फाइभजी विस्तार, इन्डस्ट्री ४.० मार्फत नेपालको डिजिटल रूपान्तरण र नेपालमा गिगाबिट विस्तार लगायतका विषयहरूमा विज्ञहरूले छलफल गरेका थिए ।

साथै यसै कार्यक्रममा नोकियाले मोबिलिटी, फिक्स नेटवर्क, आईपी, अप्टिकल नेटवर्क इन्टरप्राइजेजको समस्याको समाधानका लागि विभिन्न  डिभाइसहरू पनि प्रदर्शन गरेको थियो ।

सन् २०१७ मा नेपालको नेटवर्कको क्षेत्रमा भित्रिएको नोकियाले  हालसम्म १० लाख भन्दा बढी नेपालीको घरमा फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्‍याउन सफल भएको दाबी गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३