close

कहिले आउला आईफोन १४ ?

टेकपाना टेकपाना

साउन २१, २०७९ ८:२०

कहिले आउला आईफोन १४ ?

काठमाडौं । एप्पलले हरेक वर्ष आईफोनकाे नयाँ सिरिज सार्वजिक गर्दै आएकाे छ । याे वर्ष आईफोन १४ सिरिज ल्याउने तयारीमा कम्पनी जुटेकाे छ । तर यसकाे सार्वजनिक मिति घाेषणा भइसकेकाे छैन ।

विगत ११ वर्षयता एप्पलले सेप्टेम्बर-अक्टाेबर महिनामा आईफोन माेडल ल्याएकाे देखिन्छ । त्यसैले पनि आईफोन १४ कहिले सार्वजनिक हुन्छ भन्ने कुरा अनुमान गर्न गाह्रो छैन । सम्भवतः यो वर्ष पनि पहिलेकै समयमा सार्वजनिक हुनसक्छ ।

गत वर्ष सेप्टेम्बर १४ का दिन आईफोन १३ का विभिन्न माेडलकाे घाेषणा भएकाे थियाे ।

यस वर्ष आईफोन १४ मोडलमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स आउने अपेक्षा गरिएको छ ।

आईफोन १४ र आईफोन १४ म्याक्समा ६.१ इन्चको डिस्प्ले, क्यामेरा सेट फिचर हुने चर्चा छ ।

त्यसैगरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ । सम्भवतः यी दुई मोडलमा अन्य दुईभन्दा ठूलो ब्याट्री क्षमता रहनेछ ।

आईफोन १४ को घोषणा मितिबारे भविष्यवाणी

एप्पलले आधिकारिक घोषणाको मिति सार्वजनिक नगरे पनि केही संकेत दिएको छ, जसका माध्यमबाट आईफोन १४ घोषणा हुने मिति अनुमान गर्न सकिन्छ ।

सन् २००७ मा पहिलो पटक आईफोन सार्वजनिक भएपनि कम्पनीले आधिकारिक रूपमा २०११ मा आईफोन फोर एसपछि विश्वभरका विभिन्न बजारमा उपलब्ध गराउँदै आएको छ ।

हालसम्म बजारमा आएका आईफोनको घोषणा मिति यहाँ उल्लेख गरिएको छ:

  • आईफोन फोर एस (मंगलबार, अक्टोबर ४, २०११)
  • आईफोन ५ (बुधबार, सेप्टेम्बर १२, २०१२)
  • आईफोन फाइभ एस/फाइभसी (मंगलबार, सेप्टेम्बर १०, २०१३)
  • आईफोन सिक्स/सिक्स प्लस (मंगलबार, सेप्टेम्बर ९, २०१४)
  • आईफोन एस/सिक्स प्लस (बुधबार, सेप्टेम्बर ९, २०१५)
  • आईफोन सेभेन/सेभेन प्लस (मंगलबार, सेप्टेम्बर ७, २०१६)
  • आईफोन एट/एट प्लस/ एक्स (मंगलबार, सेप्टेम्बर १२, २०१७)
  • आईफोन एक्सएस/एक्स म्याक्स/ एक्सआर (बुधबार, सेप्टेम्बर १२, २०१८)
  • आईफोन ११ सिरिज (मंगलबार, सेप्टेम्बर १०, २०१९)
  • आईफोन १२ सिरिज (मंगलबार, अक्टोबर १३, २०२०)
  • आईफोन १३ सिरिज (मंगलबार, सेप्टेम्बर १४, २०२१)

पछिल्लो ११ वर्षदेखि आईफोन घोषणा हुने मिति नौ पटकसम्म सेप्टेम्बरमा घोषणा भएको छ भने दुईपटक मात्र अक्टोबरमा घोषणा भएको छ ।

त्यस्तै दुईपटक मात्र सेप्टेम्बर महिनाको पहिलो साता सार्वजनिक भएकोमा बाँकी समय महिनाको दोस्रो सातामा घोषणा गरिएको छ । यसैगरी धेरैपटक मंगलबारकाे दिन घोषणा भएको छ ।

यी सबै कुरालाई अनुमान गर्दा आईफोन १४ सेप्टेम्बर महिनाको दोस्रो साताको मंगलबार घोषणा हुने अपेक्षा गरिएको छ । यसलाई नै आधार मान्ने हो भने यो वर्ष आईफोन १४ मंगलबार, सेप्टेम्बर १३ मा घाेषणा हुनसक्छ ।

आईफोन १४ बजारमा उपलब्ध हुने मिति

घोषणा मितिमा लगाएको तर्क सार्वजनिक हुने मितिमा समेत लगाइएको छ । ११ वर्षदेखि सार्वजनिक भएका मितिलाई नियाल्ने हो भने तल उल्लेख गरिएको मितिमा आईफोन १४ बजारमा उपलब्ध हुने देखिन्छ ।

  •  आईफोन फोर एस (शुक्रबार, अक्टोबर १४, २०११)
  • आईफोन ५ (शुक्रबार, सेप्टेम्बर २१, २०१२)
  • आईफोन फाइभ एस/फाइभसी (शुक्रबार, सेप्टेम्बर २०, २०१३)
  • आईफोन सिक्स/सिक्स प्लस (शुक्रबार, सेप्टेम्बर १९, २०१४)
  • आईफोन एस/सिक्स प्लस (शुक्रबार, सेप्टेम्बर २६, २०१५)
  • आईफोन सेभेन/सेभेन प्लस (शुक्रबार, सेप्टेम्बर १६, २०१६)
  • आईफोन एट/एट प्लस (शुक्रबार, सेप्टेम्बर २२, २०१७)
  •  आईफोन एक्सएस/एक्स म्याक्स (शुक्रबार, अक्टोबर २१, २०१८)
  • आईफोन एक्सआर (शुक्रबार, अक्टोबर २६, २०१८)
  • आईफोन ११ सिरिज (शुक्रबार, अक्टोबर २०, २०१९)
  • आईफोन १२/१२ प्रो (शुक्रबार, अक्टोबर २३, २०२०)
  • आईफोन १२ मिनि/१२ प्रो म्याक्स (शुक्रबार, नोभेम्बर १३, २०२०)
  • आईफोन १३ सिरिज (शुक्रबार, सेप्टेम्बर २४, २०२१)

माथि उल्लेख गरिएका विभिन्न मोडेल शुक्रबारका दिनदेखि बजारमा उपलब्ध हुँदै आएका छन् । अक्टोबरमा सार्वजनिक भएका आईफोन एसई मोडेल पनि शुक्रबार नै सार्वजनिक भएको छ ।

सार्वजनिक भएका मितिलाई नियाल्ने हो भने मोडेल घोषणा भएको ९ देखि १० दिनभित्र बजारमा फोन उपलब्ध वा बिक्री सुरू भएको तथ्य छ ।

यसैलाई आधार बनाउने हो भने आईफोन १४ सिरिज सेप्टेम्बर २३ (असोज ७) देखि विश्वबजारमा उपलब्ध हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३