close

नेपाली बजारमा वनप्लस ‘नोर्ड एन२० एसई’ सार्वजनिक, मूल्य साढे २३ हजार

टेकपाना टेकपाना

साउन २२, २०७९ ११:१५

नेपाली बजारमा वनप्लस ‘नोर्ड एन२० एसई’ सार्वजनिक, मूल्य साढे २३ हजार

काठमाडौं । नेपाली बजारमा वनप्लसको नयाँ फोरजी स्मार्टफोन सार्वजनिक भएको छ ।

वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले ‘वनप्लस नोर्ड एन२० एसई’ मोडलको स्मार्टफोन सार्वजनिक गरेको हो ।

२३ हजार ४९९ रूपैयाँमा खरिद गर्न सकिने यो स्मार्टफोनमा ६.५६ इन्चको एलसीडी डिस्प्ले छ ।

मिडियाटेक जी३५ प्रोसेसरबाट सञ्चालित फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

त्यस्तै र्‍याम ४ जीबी र इन्टर्नल स्टोरेज ६४ जीबी छ । फोनमा ३३ वाट चार्जरसहित ५००० एमएएचको ब्याट्री छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३