close

सीईओ अग्रवाललाई ट्वीटरका नक्कली अकाउन्टबारे सार्वजनिक बहस गर्न एलन मस्कको चुनौती

टेकपाना टेकपाना

साउन २२, २०७९ १२:३८

सीईओ अग्रवाललाई ट्वीटरका नक्कली अकाउन्टबारे सार्वजनिक बहस गर्न एलन मस्कको चुनौती

काठमाडौं । एलन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) पराग अग्रवाललाई नक्कली अकाउन्टको विषयमा सार्वजनिक बहस गर्न चुनौती दिएका छन् ।

कम्पनी खरिद गर्छु भनेर धोका दिएको आरोप लागेपछि मस्कले अग्रवाललाई ट्वीटरमा बटहरूको उपस्थितिबारे सार्वजनिक बहस गर्न चुनौती दिएका हुन् ।

रोयटर्सले प्रकाशित गरेको लेखलाई उद्धृत गर्दै उनले अग्रवाललाई ट्वीटरमा पाँच प्रतिशतभन्दा कम नक्कली अकाउन्ट छन् भन्ने कुरालाई प्रमाणित गरेर देखाउन आग्रह गरेका हुन् ।

टेस्ला र स्पेसएक्सका सीईओ मस्कले ट्वीटरविरुद्ध आफ्नो कानूनी मुद्दाको समर्थनमा ट्वीटरमा एक थ्रेड दिँदै यस्तो चुनौती दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३