close

इन्स्टाग्राममा अब फुलस्क्रिन फोटो पोस्ट गर्न सकिने

टेकपाना टेकपाना

साउन २२, २०७९ १४:९

इन्स्टाग्राममा अब फुलस्क्रिन फोटो पोस्ट गर्न सकिने

काठमाडौं । अब इन्स्टाग्राममा पनि लामा फोटोहरू राख्न मिल्ने भएको छ । हाल मोबाइलको स्क्रिनमा अटाउने गरी इन्स्टाग्राममा फोटो राख्न मिल्दैन ।

तर कम्पनीले अब ९:१६ साइजको फोटो पनि पोस्ट गर्ने मिल्ने गरी परीक्षण गरिरहेको छ । हाल इन्स्टाग्रामको स्टोरीमा मात्र ९:१६ को फोटो पोस्ट गर्न मिल्छ । तर फिडमा भने मिल्दैन ।

हाल फिडमा ८:१० को फोटोमात्र पोस्ट गर्न मिल्छ । इन्स्टाग्राम प्रयोग गर्दा फुलस्क्रिन फोटो पोस्ट गर्न मिल्दैन, तर रिल्सको माध्यमबाट फुलस्क्रिन भिडिओ भने पोस्ट गर्न मिल्छ ।

फुलस्क्रिन भिडिओको फिचर रिल्स लोकप्रिय भएसँगै अब कम्पनीले फोटोमा पनि यही फिचर ल्याउने तयारी गरेको हो ।

पछिल्लो कम्पनीले इन्स्टाग्राममा फुलस्क्रिन इन्टरफेसको परीक्षण गरिरहेको छ । यही जुन महिनादेखि नै कम्पनीले फुलस्क्रिन इन्टरफेसको परीक्षण गर्न सुरु गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३