close

निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कशप सम्पन्न

टेकपाना टेकपाना

साउन २२, २०७९ १६:४६

निःशुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कशप सम्पन्न

काठमाडौं । सफ्टवेरिका कलेज र टेक एन्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरको संयुक्त आयोजनामा ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धी निःशुल्क वर्कशप सम्पन्न भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरी शनिबार सफ्टवेरिका कलेजमा वर्कशप गरिएको थियो ।

कार्यक्रममा सीसीआरसी कलेज, नामी कलेज, सेन्ट लरेन्स कलेज, सेन्ट जेभियर कलेज, काथफोर्ड इन्टरनेसनल कलेज, कान्जिरोवा नेसनल कलेज, एनआईटी, केएमसी लगायत विभिन्न कलेजबाट २०० जना विद्यार्थीहरूको सहभागिता रहेको सफ्टवेरिका कलेजका इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी विभागीय प्रमुख मनोज तामाङले जानकारी दिए । 

उनका अनुसार सहभागी विद्यार्थीलाई इथिकल ह्याकिङ र साइबर सेक्युरिटीको परिचय, इथिकल ह्याकिङ र साइबर सेक्युरिटीबीचको भिन्नता, साइबर सेक्युरिटी इन्डस्ट्रीमा भविष्य, इथिकल ह्याकिङ ट्रिक र वेब सेक्युरिटी, पासपोर्ट ट्र्याकिङ, नेटवर्क सेक्युरिटीको दुरुपयोगबारे तालिम एवं जानकारी प्रदान गरिएको थियाे ।

वर्कशपमा तामाङसहित कृतिश ढुंगेल, महनराज राजा जीएम, सचिन चौलागाई, विवेक सुवेदी र युफान लिम्बुले विद्यार्थीलाई सहजीकरण गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३