close

३ दिनमै स्मार्ट लाइसेन्स दिने निर्णय भएको छैनः यातायात मन्त्रालय

टेकपाना टेकपाना

साउन २२, २०७९ १७:१८

३ दिनमै स्मार्ट लाइसेन्स दिने निर्णय भएको छैनः यातायात मन्त्रालय

काठमाडौं । बागमती प्रदेश सरकारले सेवाग्राहीहरूलाई अत्यावश्यक परेको खण्डमा छोटो समयमा नै सवारी चालक अनुमतिपत्र प्राप्त गर्नसक्ने गरी नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सेवाग्राहीले लामो समय पर्खन नपरोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था लागू गर्ने विषयमा छलफल भइरहेको बागमती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले बताए ।

तर केही सञ्चारमाध्यममा अत्यावश्यक परेका सेवाग्राहीलाई तीन दिनमै लाइसेन्स उपलब्ध गराउने तयारी भइरहेको समाचार सम्प्रेषण भइरहेको पाइएकाले त्यसमा कुनै सत्यता नभएको उनले बताए ।

‘तीन दिन अथवा सात दिन कति दिनमा विभागले प्रिन्ट गर्न सक्छ, त्यो विभागको काम हो । हामीले चाहिँ समय कम गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘तर कुनै निर्णय भइसकेकाे छैन ।’

यो कामलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई लिएर सरोकारवालाहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

यही विषयलाई लिएर सोमबार संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयले सातै प्रदेशका यातायात मन्त्रालयलाई छलफलका लागि बोलाएको पोख्रेलले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३