close

पब्जी मोबाइल नेपाल सिरिजको फाइनल खेल जारी, कुन टिमले जित्ला उपाधि ?

टेकपाना टेकपाना

साउन २२, २०७९ १७:३१

पब्जी मोबाइल नेपाल सिरिजको फाइनल खेल जारी, कुन टिमले जित्ला उपाधि ?

काठमाडाैं । पब्जी मोबाइल नेपाल सिरिज अन्तर्गत अन्तिम चरणकाे खेल आज सकिँदै छ । फाइनलमा १६ टोलीले एकअर्का विरुद्ध खेलिरहेका छन् ।

फाइनल खेल्ने टोलीमा भेनम लेजेन्ड, ब्ल्याक ई-स्पोर्ट्स, फ्युचर गेमिङ, टीटुके, डीआरएस गेमिङ, टिम एक्स्ट्रिम, विजेज क्लब, डीआरएस गेमिङ, भेन्टुनिज, ज्यानमारा ई-स्पोर्टस, इलिमेन्ट्रिक्स, इलुमिनेट क्रिउ, स्काइलाइट गेमिङ, विल अफ डि, हाई भोल्टेज र सतन रहेका छन् ।

यसअघि शुक्रबार र शनिबार अन्तिम चरणकाे खेल सम्पन्न भइसकेकाे छ ।

दुई दिनको खेल सकिँदा टीटूके १९४ पोइन्टको साथ तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै हाई भोल्टेज र डीआरएस गेमिङ क्रमशः १७८ र १५६ पोइन्टको साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी ज्यानमारा ई-स्पोर्टस, रअ ई-स्पोर्टस र स्काइलाइट गेमिङ क्रमश चोंथो, पाँचौ र छैटौँ स्थानमा छन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख नेपाली रुपैँया राखिएको छ । जसमध्ये विजेता टिमले तीन लाख २० हजार नेपाली रुपैँया हात पार्नेछ भने उपविजेता टिमले एक लाख ५० हजार नेपाली रुपैँया हात पार्नेछ ।

साथै तेस्रो स्थानमा रहन सफल टिमले एक लाख रूपैयाँ पाउनेछ । साथै शीर्ष दुई टिमले पब्जी मोबाइल नेसनल च्याम्पियनशिपका लागि डाइरेक्ट स्लट पाउने जनाइएकाे छ ।

यो खेलको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसियाको युट्युब च्यानलबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३