close

एनसेलले ल्यायो ‘सही यो ! पावर सिम’, माईफाइभदेखि विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँच

टेकपाना टेकपाना

साउन २२, २०७९ २०:४७

एनसेलले ल्यायो ‘सही यो ! पावर सिम’, माईफाइभदेखि विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँच

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित रु. ९७ मा सोमबारदेखि यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।

यो प्याक लिने ग्राहकले प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् । यति मात्र होइन, यो प्याक सुरु गर्ने ग्राहकले ३० दिनसम्म माईफाइभ सेवा पनि निःशुल्क सुरु गर्न सक्नेछन् ।

माईफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माईफाइभ नम्बरहरूमा प्रति मिनेट ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र रु. ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा पुनः सुचारु हुनेछ ।

निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने जनाइएको छ । ग्राहकले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन् र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्नसकने कम्पनीको भनाइ छ ।

यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स र हङगामा म्युजिकजस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् ।

यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३